Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेवाकाे नाममा रविले बदनामबनाए हस्पिटल, बिरामि भए बन्धक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2021
2.4KShares

काठमाडौं। कोभिड सङ्क्रमित बिरामीको उपचारको लागि ‘सरकार नभए पनि हामी छौँ’ भन्दै सहयोग सङ्कलन गरेका रवि लामिछानेले अहिले सो अस्पतालमा रहेका बिरामीको सम्पर्कमा नआउँदा दर्जनौँ बिरामीलाई मर्का परेको छ ।

नि:शुल्क उपचारको नाममा रवि फाउन्डेसनको नाममा देशविदशेबाट सहयोग जुटेको र त्यसको हरहिसाबसमेत सार्वजनिक नगरिएको आरोप उहाँविरुद्ध लागेको छ । पछिल्ला दिनमा अस्पतालमा परिसरमा रवि र उहाँको समूहको उपस्थिति देखिन छोडेको छ । पहिले अस्पताल प्राङ्गणमा उनको समूह ब्यानर पनि देख्न सकिन्थ्यो । अस्पतालमा सयौँ जनाको उपचार गरिरहेको प्रचार गर्दै आएका रवि र उहाँको समूह अहिले कसैको पनि फोन उठ्ने नगरेको पीडितहरूले गुनासो गरेका छन् ।

आफूले सहकार्य गरेको जनमैत्री अस्पताललाई फाउन्डेसनको नामबाट एक जानकारी पत्र लेख्दै रविले सहकार्य तोडेको बताउनुभएको छ । तीन महिनाको लागि सहकार्य गर्ने सम्झौता भए पनि रवि लामिछाने एक महिनामै अस्पताल छाड्नु भएको हो । जेठको अन्तिम साताबाट अस्पताल आउन छाडेका उहाँले जेठ ३० गते अस्पताललाई पत्र लेख्दै सहकार्य ताडेको जानकारी गराउनुभएको छ । पत्रमा रविले तीन सयभन्दा बढीलाई सहयोग गरेको दाबी गर्नुभएको छ तर अस्पताल प्रशासनले भने त्यो दाबीलाई अस्वीकार गरेको छ ।

हरहिसाब अपारदर्शी कति आर्थिक सहयोग सङ्कलन भयो र कति खर्च भयो भन्ने हरहिसाब सार्वजनिक नगरी रवि हिँडेपछि आर्थिक अनियमितताको शङ्काको सुई उहाँमाथि सोझिएको छ । जनमैत्री अस्पतालकै एक चिकित्सक भन्नुहुन्छ ‘रविजीले गर्दा अस्पतालकै बदनाम भयो, उहाँले को–कोबाट कति रकम उठाउनुभयो, कुल कति उठ्यो र कति कुन–कुन बिरामीमा खर्च भयो भन्ने पारदर्शिता नै भएन । हामी समेत जोडिएकाले अस्पताल र रवि मिलेर सहयोग रकम खाइदिए भन्ने सन्देश गएको छ ।’

सबै दाताहरूको नाम सार्वजनिक गर्दा उठेको रकम बाहिर देखिने हुँदा रविले यसो गर्न नचाहेको अनुमान छ । उसो त हरेक क्रियाकलाप फेसबुक लाइभबाट जानकारी दिने उहाँले अस्पताल छाडेको विषयमा मौन देखिनुभएको छ ।देखावटी रूपमा भने आर्थिक सहयोग दाताहरू र सर्वसाधारणमाझ बिरामीको उपचार आफूले गरिहरेको भ्रम छर्नको लागि उहाँले यी सार्वजनिक नगरेको हुनसक्ने अनुमान छ ।

पैसा तिर्न नसक्ने बिरामीलाई यातना ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा भजाउँदै आएका रविले अस्पताल छाडेपछि केही बिरामी अस्पतालमै बन्धक छन् । रवि लामिछाने आफैँले बोलाएर उपचारको लागि आएको बताउने केही बिरामी अहिले पनि बन्धकमै छन् । मोरङ केचनाको ४२ बर्से सावित्रा राईलाई अस्पतालले डिस्चार्ज गरेको एक साता बढी भयो । तर चार लाख रुपैयाँ तिर्न बाँकी भन्दै अस्पतालले घर जान दिएको छैन । जेठ १८ मा भर्ना भएकी उहाँको लागि परिवारले ४५ हजार बुझाएको छ ।

तर अझै ३ लाख ८८ हजार रुपैयाँ ४ सय १५ रुपैयाँ तिर्नुपर्ने भन्दै अस्पतालले बिरामी बन्धक भएको सावित्राको छोरा मन्जित राई बताउनुहुन्छ। ‘पैसा तिर्न नसके ममीलाई आजीवन ट्‍वाइटेल सोहोर्नेमा बस् भन्दै अस्पतालले थकाइरहेको छ,’ मन्जित भन्नुहुन्छ । यस विषयमा रविको समूहसँग सहारा माग्दा आफूले केही सहयोग गर्न नसक्ने बताएको उहाँले बताउनुभयो । पैसा नतिरी भागेर जाऊ समेत भनेको मन्जित बताउँछन् ‘रवि लामिछाने र उहाँको फाउन्डेसनले पैसा उठाएको र सहयोग जुटिरहेको थाहा पाएपछि भर्ना हुन फोन गरेका थियौ, उहाँहरूले नै आउन भनेपछि हामी यही आएका हौ, तर यहाँ आएपछि उहाँहरूले हामीलाई कुनै वास्ता गर्नुभएन ।

अहिले पैसा तिर्न नसके अस्पतालबाट भागेर जानु भन्नुभएको छ,’ सावित्राको छोरा मन्जितले गुनासो गर्नुभयो । यता दोलखाका जिरी ९ का ४२ बर्से दीपक गुरुङलाई समेत अस्पतालले बन्धक बनाएको छ ।ज्याला मजदुरी गर्ने उहाँ अस्पताल भर्ना भएका महिना दिन बढी भयो । जेठ ६ गते भर्ना भएका उहाँ निको भएर अस्पतालले डिस्चार्ज गरिसकेको छ । अस्पतालले ६ लाख ८९ हजार ८५० अस्पतालको शुल्क र १ लाख ४८ हजार ९५ औषधिको शुल्क गरी ८ लाख ३७ हजार ९ सय ५० को बिल नतिरेसम्म जान नदिने बताएको बिरामीका भाइ वीरबहादुर गुरुङ बताउनुहुन्छ ।

जेठ ६ गते अस्पताल आउँदा रवि लामिछानेको समूहसँग सम्पर्क भएको र निःशुल्क उपचार गर्ने आश्वासन पनि पाएको बिरामीका भाइ वीरबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘पहिला सहयोग गर्छौ भनेर भन्नुभयो, तर अहिले उहाँहरू अस्पतालमा हुनुहुन्न । फोन गर्दा उठाउनुहुन्न । एकपटक एक जनाले फोन उठाउनुभयो । सरकारले त सक्दैन हामी सक्छौँ त केही गर्न सक्दैनौँ भन्नुभयो ।’

यता अस्पतालले भने आफूहरूको कम्पनी भएकोले रविको केही नचल्ने जवाफ दिएको पीडितहरू बताउँछन् । पीडितहरू भन्छन् ‘अस्पताललाई हामीले गुनासो राख्दा रविले केही गर्दैनन्, गरेका पनि छैनन् । उनले गर्ने भनेको ५०– ६० हजारसम्म बिल आयो भने छुट गर्दिने हो । त्यही पनि उनीहरूले गर्न छाडिसके ।’ सहयोग माग्दा उल्टो धम्की बिरामीका आफन्तले सयौँ पटक फोन गर्दा रवि लामिछानेले एकपटक मात्र फोन उठाएका छन् ।

‘यस विषयमा अस्पतालमा बुझेर फोन गर्ने’ बताएका रविले फेरि फोन उठाउन छाडेका बिरामीका आफन्त बताउँछन् । रविकै समूहका डीपी अर्याल नाम गरेका व्यक्तिले भले उल्टो धम्की दिँदै आएको बिरामीका आफन्त गुनासो गर्छन् ।अस्पताल भन्छ – सरकार र रवि दुवैले सहयोग छाडे कोरोनाको उपचार गरेबापत सरकारले अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ ।

बाग्मती प्रदेश सरकारले उपचार खर्च बेर्होने अस्पतालहरूको सूचीमा ३१ वटा अस्पताल छन् । जसमध्ये १३ औँ नम्बरमा जनमैत्री अस्पतालको नाम छ । सरकारबाट पनि सहयोग लिइरहेको सो अस्पतालले बिरामीबाट पनि पैसा असुलिरहेको छ । अस्पतालका प्रमुख व्यवस्थापक उमेश पाण्डे भन्नुभयो सरकारले समेत सहयोग गर्न छाडेको बताउँनुहुन्छ । असार ८ बाट सरकारले उपचार खर्च दिन छाडेको छ । janatatimes.com

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved