बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदीको कटान हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ ।
आइतबार कालीगण्डकी नदीको बढेको बहावका कारण पर्वतको जलजला गाउँपालिकास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको कटान हेर्न पुगेका स्थानीय ५५ वर्षीय चित्र गोतामे बागलुङ नगरपालिका–४ ओढारचौरस्थित ढिकबाट लडेका थिए ।
ढिकबाट लडेका गोतामेलाई तत्काल उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार गोतामेको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
