Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संकटपछि उठ्ने होइन, संकटसँग जुध्न सक्ने पर्यटन चाहिन्छ : नेकपा नेता ढकाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 27, 2026
725

काठमाडौं । नेकपा केन्द्रीय सदस्य कमल ढकालले नेपालको पर्यटन क्षेत्रलाई क्षणिक पुनरुत्थानमा सीमित नराखी विपद् र संकटसँग जुध्न सक्ने गरी पुनर्संरचना गर्नुपर्ने बताएका छन्। उनले हिमाल, हिमशृंखला, हरियाली, जैविक तथा सांस्कृतिक विविधता र नेपाली समाजको शान्तिप्रिय चरित्र नेपालको पर्यटनका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै पर्यटनलाई सुरक्षित र दिगो विकाससँग जोड्नुपर्ने धारणा राखेका छन्।

ढकालले सामाजिक सञ्जालमार्फत नेपालको पर्यटन अर्थतन्त्र, रोजगारी र स्थानीय आयआर्जनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भए पनि विभिन्न समयमा भूकम्प, कोरोना महामारी, राजनीतिक आन्दोलन, बाढीपहिरो तथा जलवायुजन्य विपत्तिको प्रभाव भोग्दै आएको बताएका छन्। उनका अनुसार संकट आउँदा पर्यटकका बुकिङ रद्द हुने, होटल तथा यातायात व्यवसाय प्रभावित हुने र गाइड, भरिया, होटल कर्मचारी तथा स्थानीय व्यवसायीको आम्दानीमा प्रत्यक्ष असर पर्ने गरेको छ।

पछिल्लो भोटेकोशी क्षेत्रको विपद्लाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ढकालले पर्यटक आगमन बढ्नु मात्रै पर्यटन क्षेत्रको वास्तविक पुनरुत्थानको मापदण्ड हुन नसक्ने बताएका छन्। पर्यटनसँग प्रत्यक्ष जोडिएका श्रमिक, साना व्यवसायी र स्थानीय समुदायले नियमित रोजगारी, सम्मानजनक आम्दानी र सुरक्षित भविष्य पाउनु नै दिगो पर्यटन पुनरुत्थानको आधार हुनुपर्ने उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी क्षेत्रमा विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै ढकालले पर्यटनलाई केवल प्रचारमुखी अभियानमा सीमित राख्न नहुने बताएका छन्। उनका अनुसार भरपर्दो सडक तथा सञ्चार पूर्वाधार, प्रभावकारी पूर्वसूचना प्रणाली, उद्धार संयन्त्र, स्पष्ट तथा विश्वसनीय सूचना प्रवाह र सुरक्षित पर्यटकीय मार्ग निर्माण अहिलेको आवश्यकता हो।

उनले नेपालको पर्यटनलाई केही सीमित गन्तव्यमा केन्द्रित नराखी ग्रामीण, कृषि, सांस्कृतिक, धार्मिक, साहसिक तथा प्रकृतिमा आधारित पर्यटनमा विविधीकरण गर्नुपर्नेमा जोड दिएका छन्। पर्यटनबाट हुने लाभ स्थानीय समुदायसम्म पुग्ने गरी नीति र पूर्वाधार निर्माण गर्न सके मात्र पर्यटन क्षेत्र दीर्घकालीन रूपमा बलियो बन्न सक्ने उनको धारणा छ।

“नेपालको पर्यटन संकटपछि उठ्ने मात्र होइन, संकटको सामना गर्न सक्ने, स्थानीय समुदायलाई लाभ पुर्‍याउने र भविष्यका विपत्तिप्रति तयार रहने पर्यटन प्रणाली बन्नुपर्छ,” ढकालले भनेका छन्। उनका अनुसार हिमालजस्तै दृढ नेपाली पर्यटनलाई अब क्षणिक पुनरुत्थान होइन, दिगो र सुरक्षित विकासको बाटो आवश्यक छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved