Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्व उपराष्ट्रपति द्वारा नेपालमा पहिलोपटक मैथिली गद्यमा ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ को भव्य विमोचन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2026
175 shares

ललितपुर । नेपालमा पहिलोपटक मैथिली भाषाको गद्य शैलीमा रचित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ को भव्य विमोचन भएको छ । नेपालको प्रथम पूर्व सम्माननीय उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता तथा लेखिका अर्चना झाको सभाध्यक्षता भएको हो । कार्यक्रमको आयोजना श्रीमानव सेवा फाउन्डेसनले गरेको हो भने मधेसी प्राध्यापक सङ्घ र हिन्दु सम्राट नेपालले सहयोग गरेको छ ।

नेपालमा मैथिली भाषामा सम्पूर्ण महाभारत सहज रूपमा उपलब्ध नभए पछि साहित्यकार, पत्रकार एवं लेखिका अर्चना झाले गहन अध्ययन र अनुसन्धान गरी यो विशाल ग्रन्थ रचना गर्ने सङ्कल्प लिनुभएको हो । ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ मैथिली भाषा, साहित्य, धर्म, संस्कृति र आध्यात्मिक क्षेत्रमा महत्वपूर्ण योगदानका रूपमा प्रस्तुत भएको छ ।

साहित्यकार पत्रकार एवं लेखिका अर्चना झाले, “दिनरात विभिन्न किताबको अध्ययन, अनुसन्धान, मनन र साधना पछि आफ्नो मातृभाषा मैथिलीमा महाभारत जस्तो विश्वप्रसिद्ध महाग्रन्थलाई नेपालमा पहिलोपटक सरल, सहज र पठनीय गद्य शैलीमा प्रस्तुत गर्न सफल भए । यो कुनै किताबबाट हुबहु अनुवाद गरिएको छैन बताउनुभयो ।”

लेखिकाले, ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ मा महाभारतका सम्पूर्ण १८ पर्व समेटिएका छन् । करिब १ लाख २१ हजार शब्द मा सिर्जित यो महाग्रन्थ ६१३ पृष्ठ मा विस्तृत रूपमा लेखिएको जानकारी दिनुभयो ।

लेखिकाले, ”यस ग्रन्थका प्रकाशक विनय कुमार झा तथा सम्पादक प्रेम नारायण झा हुनुहुन्छ । यसमा सरल मैथिली भाषा, मैथिली लोकभाका गीत, मिथिला चित्रकलाले यस किताबलाई अझै पाठक हरूलाई प्रेरणादायी बनाउने बताउनुभयो ।”

लेखिका झाको भनाइमा, “यो ग्रन्थ केवल साहित्यिक कृति मात्र नभई भाषा, धर्म, कर्म, संस्कार, सभ्यता, धार्मिक स्थल, वातावरण, संस्कृति, राजनीति, न्याय, कुटनीतिज्ञ, नीति र मानवीय जीवनमूल्यको विराट संगम हो । महाभारतका पात्र, घटना र उपदेशमार्फत प्राचीन सभ्यताको गहिरो दर्शन तथा जीवनका शाश्वत सत्यलाई वर्तमान र भावी पुस्तासम्म आफ्नै धर्म संस्कृति र मातृभाषामा पुर्‍याउने उद्देश्यले यो महाग्रन्थ तयार पारिएको हो ।”

लेखिका झाले, “महाभारत विश्वका विभिन्न भाषामा उपलब्ध भए पनि मिथिलावासीले अधिकांश समय अनुवाद वा अन्य भाषामार्फत यसको अध्ययन गर्नुपर्ने अवस्था थियो । यो ग्रन्थ मेरो हैन सबै सनातनीको लागि हो । नेपाल राष्ट्रको लागि हो । यो ग्रन्थ सबै मैथिली भाषी प्रेमीको हाथमा पुगौस भन्ने धारणा राख्नुभयो ।”

उहाँले भन्नुभयो, “अब मैथिलीभाषी पाठकले महाभारतजस्तो विराट ग्रन्थ आफ्नै मातृभाषामा पढ्न, बुझ्न र मनन गर्न पाउने विश्वास लिइएको छु । यसबाट वर्तमान युवा पुस्ता तथा भावी सन्ततिले आफ्नो भाषा, धर्म, संस्कृति, इतिहास र जीवनदर्शन प्रति अझ गहिरो चिन्तन गर्न सक्ने अपेक्षा गरिएको छ ।”

झाले, “यस ग्रन्थमा विशेषगरी धर्म र कर्मको महत्त्व, राजनीतिक र राज्यनीति, न्याय र नीति, पारिवारिक संस्कार, कर्तव्य, सत्य र असत्यबीचको सङ्घर्ष लगायत जीवनका अनेकौँ पक्षलाई समेटिएको बताउनुभयो ।” “भगवान् श्रीकृष्णले अर्जुनलाई दिनुभएको दिव्य उपदेश, जसले श्रीमद्भगवद्गीताको अमर स्वरूप ग्रहण गरेको छ, त्यसको आध्यात्मिक, नैतिक र दार्शनिक महत्त्वलाई पनि विशेष स्थान दिइएको उहाँले जानकारी दिनुभयो ।”

त्यसैगरी महाभारतका रचयिता महर्षि वेदव्यास र भगवान श्रीकृष्ण स्वयं महाभारतको कथामा पात्रबनि घटनाक्रमसँग कसरी जोडिनुहुन्छ र उहाँले मानव समाजलाई कस्तो दिशा, दर्शन र मार्गदर्शन दिनुभएको छ भन्ने विषयलाई पनि ग्रन्थमा समेटिएको उहाँले बताउनुभयो ।

यस महाग्रन्थको अर्को विशेष पक्ष भनेको महाभारतका महिला पात्रहरूको जीवन, त्याग, पीडा, शक्ति, धैर्य, निडरता र योगदानलाई विशेष महत्त्वका साथ प्रस्तुत गरेको हुँ लेखिका झाले बताउनुभयो । माता गङ्गा, सत्यवती, कुन्ती, गान्धारी, द्रौपदी लगायतका नारी पात्रहरूले महाभारतको कथालाई कसरी प्रभाव पारे, उनीहरूको संघर्ष, निर्णय, ममता, त्याग र आत्मबलले समाजलाई के सन्देश दिन्छ भन्ने विषयलाई गहन रूपमा उजागर गरेको छु झाले भन्नुभयो । साथै विभिन्न देवी देवता, यक्ष, महर्षि, ऋषि, मुनिको कथा लेखिएको छ ।

त्यसैगरी पाण्डवहरूको आदर्श, संघर्षपूर्ण जीवन, श्राप, धर्मप्रतिको निष्ठा, वनवास, युद्ध, विजय र अन्ततः मृत्युदेखि स्वर्गारोहणसम्मको आध्यात्मिक यात्रा लाई पनि समेटिएको छ । अर्कोतर्फ कौरवहरूको राज्यप्रतिको मोह, सत्ता प्राप्तिको आकांक्षा, षड्यन्त्र, अहंकार र अधर्मले निम्त्याएको विनाशलाई जीवनोपयोगी सन्देशका रूपमा प्रस्तुत गरिएको झाले जानकारी गराउनुभयो ।

झाले यस अघि मैथिली भाषामा ‘अर्चनाकृत रामायण’ रचना गरेपछि पाठक तथा शुभेच्छुकबाट प्राप्त माया, हौसला र प्रेरणाले महाभारत लेखनतर्फ अघि बढेको बताउनुभयो ।

झाका अनुसार साहित्य, पत्रकारिता, संस्कृति तथा समाजसेवामा योगदानका लागि मन्त्रीहरू द्वारा ‘राष्ट्रिय धरोहर नारीरत्न–२०८२’ बाट सम्मानित हुनुका साथै ‘सीता’ उपाधि समेत प्राप्त गरेको छु । त्यसैगरी विभिन्न राष्ट्रिय तथा सामाजिक संस्थाहरूबाट पनि सम्मानित हुँदै आएभएको छु ।

लेखिकाले भन्नुभयो, “मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ मातृभाषा प्रतिको प्रेम, सनातन संस्कृति प्रतिको श्रद्धा र साहित्यिक साधनाको महत्वपूर्ण उपलब्धि हो । महाभारत मैथिली गद्यमा भएको हुँदा मैथिली भाषा, साहित्य र मिथिलाको सांस्कृतिक धरोहरलाई नयाँ उचाइ प्रदान हुनेछ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved