Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धरानमा शिक्षक माग्दै आन्दोलन चर्कियो: मेयरको कार्यकक्षमै विद्यार्थीले पिए फिनेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 25, 2026
971 shares

हिमांशु राय,धरान । सुनसरीको धरान उपमहानगरपालिकामा शिक्षक नियुक्तिको माग गर्दै विद्यार्थीले थालेको आन्दोलन तनावपूर्ण बनेको छ। शिक्षक पदपूर्तिको माग गर्दै बिहीबारदेखि आन्दोलनमा रहेका एक विद्यार्थीले शुक्रबार कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाको कार्यकक्षमै फिनेल सेवन गरेका छन्।

आन्दोलनकारी विद्यार्थी रोजन शंकरले कार्यवाहक मेयर बेघाको कार्यकक्षभित्रै फिनेल सेवन गरेपछि उनलाई तत्काल अन्य आन्दोलनकारी विद्यार्थीले उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोपा अस्पताल पुर्‍याएका छन्। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

शिक्षक नियुक्तिको माग गर्दै धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीले बिहीबारदेखि नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए। शिक्षक पद रिक्त रहेको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

विद्यार्थीहरूले समस्या समाधानका लागि वार्तामा नबोलाएसम्म तालाबन्दी जारी राख्ने बताएका छन्। तालाबन्दीअघि उनीहरूले नगरपालिकाको मुख्य गेटअगाडि घेराउसमेत गरेका थिए। लामो समयदेखि शिक्षक पद रिक्त हुँदा पठनपाठन प्रभावित भएको र विशेषगरी एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थी प्रत्यक्ष प्रभावित भएको विद्यालय पक्षको भनाइ छ।

धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक पद करिब आठ महिनादेखि रिक्त रहेको प्रधानाध्यापक होमनाथ दाहालले बताएका छन्। तत्कालीन प्रधानाध्यापक गंगाप्रसाद धमला गत माघ २० गते अनिवार्य अवकाशमा गएपछि पद रिक्त भएको विद्यालयले जनाएको छ। रिक्त पदमा विज्ञापन खोल्न नगरपालिकासँग अनुमति मागिए पनि अनुमति प्राप्त नभएको विद्यालयको भनाइ छ।

त्यस्तै, विद्यालयमा लेखापालको पदसमेत रिक्त छ। लेखापाल चित्रबहादुर कार्की अवकाश भएपछि गत जेठ १ गतेदेखि उक्त पद खाली रहेको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिले विज्ञापन गरेर आवेदनसमेत संकलन गरिसके पनि परीक्षा तथा नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।

धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पनि शिक्षक पद रिक्त रहेको र त्यसका कारण पठनपाठन प्रभावित भएको विद्यालय पक्षले जनाएको छ। शिक्षक पदपूर्तिका लागि लामो समयदेखि पहल गरिए पनि प्रक्रिया अघि नबढेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

यता, शिक्षक नियुक्ति गर्न नगरपालिकाले जानाजानी ढिलाइ गरेको आरोप कार्यवाहक नगर प्रमुख बेघाले अस्वीकार गर्दै आएका छन्। भदौ ९ गते वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकबीचको विवादका कारण समस्या समाधानमा कठिनाइ भएको बताएका थिए। समिति र प्रधानाध्यापकबीच समन्वय नहुँदा बैठकसमेत सहज रूपमा बस्न नसकेको उनको भनाइ थियो।

बेघाका अनुसार आफूले दुवै पक्षलाई बोलाएर पटक–पटक छलफल गराउँदै आएको भए पनि विद्यालयभित्रको आन्तरिक विवाद समाधान हुन सकेको छैन। नगरपालिकाले रिक्त शिक्षक पदमा कानुन तथा नियमअनुसार सार्वजनिक सूचना जारी गरी योग्य व्यक्ति छनोट गर्नुपर्ने अडान राख्दै आएको छ।

नगर प्रमुख पक्षले विद्यालयभित्रको आन्तरिक विवाद समाधानपछि मात्र शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने बताइरहेको छ भने विद्यालय पक्षले शिक्षक अभावका कारण विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको भन्दै तत्काल पदपूर्ति गर्नुपर्ने माग गर्दै आएको छ। यही विवादबीच विद्यार्थीले नगर प्रमुखको कार्यकक्षमै फिनेल सेवन गरेपछि धरानको शिक्षक नियुक्ति विवाद थप गम्भीर मोडमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved