Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनमन्त्री पौडेलद्वारा बिदाइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2026
0

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सात सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेको छ।

प्रधानमन्त्री शाहसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको क्यूआर ६४५ उडानमार्फत दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेको हो। टोलीलाई विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेलले बिदाइ गरेका थिए।

प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, शिष्टाचार महापाल कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, शिष्टाचार अधिकृत महेश यादव, अंगरक्षक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द विष्ट र डीएसपी दीपेश बस्याल अमेरिका गएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सम्बोधन तथा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। महासभाका क्रममा नेपालका प्राथमिकता, समसामयिक अन्तर्राष्ट्रिय विषय तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीसँगै गएको टोलीबाहेक परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र सहसचिवसहितको नेपाली प्रतिनिधिमण्डल भने यसअघि नै अमेरिका प्रस्थान गरिसकेको छ। उनीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभासम्बन्धी कार्यक्रमको तयारी तथा समन्वयमा सहभागी भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved