Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विपद् प्रभावित चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 21, 2026
[webverse_shares]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विपद्बाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम सूचना जारी गर्दै असोज ७ गते बिहानसम्म ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको हो।

महाशाखाका अनुसार चितवनमा भने मध्यम वर्षाको सम्भावना रहेको छ। गएराति चितवनको कालीखोला वर्षा मापन केन्द्रमा ४१ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो। महाशाखाले रसुवा, नुवाकोट, धादिङ र गोरखालाई पहेँलो संकेतमा राख्दै मौसमसम्बन्धी आधिकारिक सूचनाबारे नियमित रूपमा अद्यावधिक रहन आग्रह गरेको छ।

भोटेकोशी बाढीपछि क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार पुनःस्थापनाको काम भइरहेका बेला ती जिल्लामा पुनः वर्षाको सम्भावना देखिएपछि थप सतर्कता अपनाउन भनिएको हो। वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले उक्त प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। उपलब्ध पूर्वानुमान मोडलहरूमा केही स्थानमा अत्यधिक वर्षाको सम्भावना देखिए पनि यसको प्रभाव र जोखिमको स्तरबारे थप स्पष्ट हुन बाँकी रहेको विभागले जनाएको छ।

वर्षाको सम्भावित जोखिमबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकमा समेत छलफल भएको थियो। बैठकले वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी गर्ने र सम्भावित जोखिमअनुसार आवश्यक तयारी गर्न सम्बन्धित सबै निकायलाई सतर्क गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved