Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उत्पीडित जनताको राजनीतिक शक्ति निर्माण गर्न अग्रगामी मोर्चा एकताबद्ध हुनुपर्नेमा जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2026
2.4K shares

मधेश ।  अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा सहभागी वक्ताहरूले उत्पीडित तथा अधिकारबाट वञ्चित समुदायको राजनीतिक शक्ति निर्माणका लागि एकता, संगठन र राजनीतिक चेतना आवश्यक रहेको बताएका छन्।

कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध ९ वटै राजनीतिक दलका राष्ट्रिय अध्यक्ष तथा शीर्ष नेतृत्व, मधेश प्रदेशका पूर्व मुख्यमन्त्रीहरू लालबाबु राउत, सरोजकुमार यादव र जितेन्द्रप्रसाद सोनल, पूर्व मन्त्रीहरू, प्रदेशसभाका पूर्व तथा वर्तमान सभामुख, वर्तमान तथा पूर्व उपसभामुख, प्रदेशसभा सदस्यहरू, प्रदेश तथा जिल्ला तहका नेताहरू, पाँचै जिल्लाका अगुवा कार्यकर्ता तथा पालिका र वडा तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिमला अन्सारीले उत्पीडित जनताको मुक्ति केवल नाराबाट वा चुनावका समयमा मत मागेर सम्भव नहुने बताइन्। त्यसका लागि राजनीतिक चेतना, बलियो संगठन, निरन्तर संघर्ष र आफ्नै राजनीतिक शक्ति निर्माण आवश्यक रहेको उनको भनाइ थियो।

उनले भनिन्, “अब उत्पीडित जनता अरूले दिएको प्रतिनिधित्वमा मात्र सीमित हुने होइनन्। आफ्नै राजनीतिक नेतृत्व, संगठन र राजनीतिक शक्ति निर्माण गर्दै राज्यसत्तामा समान र सम्मानजनक हिस्सेदारी स्थापित गर्नुपर्छ।”

अन्सारीले मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, निषाद, महिला तथा अन्य सीमान्तकृत समुदायले लामो समयदेखि अधिकार र सम्मानका लागि संघर्ष गर्दै आए पनि उनीहरूको आवाजलाई निर्णायक राजनीतिक शक्तिमा रूपान्तरण गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताइन्।

उनले अग्रगामी मोर्चाको मुख्य आधार एकता, बलियो संगठन र जनताको वास्तविक मुद्दा हुनुपर्नेमा जोड दिइन्। राष्ट्रिय तहदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म संगठनलाई बलियो बनाउँदै जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या सुन्नुपर्ने उनको भनाइ थियो।

संघीयता केवल संविधानमा लेखिएको व्यवस्था नभई जनताको घरदैलोमा अधिकार पुर्‍याउने माध्यम हुनुपर्ने बताउँदै उनले संघीयतालाई अझ अधिकारसम्पन्न, प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिइन्।

अन्सारीले अग्रगामी मोर्चा केवल चुनावी गठबन्धनमा सीमित नभई समानता, सामाजिक न्याय, समावेशिता, संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको मूल्यलाई सशक्त बनाउने राजनीतिक अभियानका रूपमा अघि बढ्नुपर्ने बताइन्।

उनले मोर्चामा आबद्ध दलहरूबीच विचार र राजनीतिक दृष्टिकोणमा मतभिन्नता भए पनि उत्पीडित जनताको साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

“व्यक्तिभन्दा माथि संगठन, संगठनभन्दा माथि विचार र विचारभन्दा माथि जनताको हितलाई राखेर अघि बढ्नुपर्छ,” उनले भनिन्।

कार्यक्रमबाट उत्पीडित तथा सीमान्तकृत जनताको अधिकार, सामाजिक न्याय र समान प्रतिनिधित्व सुनिश्चित गर्न बलियो राजनीतिक शक्ति निर्माण गर्ने संकल्पसहित संगठनलाई प्रदेशदेखि वडा तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved