Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्थायी एकतातर्फ अघि बढ्ने संकेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2026
19K shares

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चा साझा चुनाव चिह्नसहित निर्वाचनमा सहभागी हुने तयारीमा जुटेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिह्न लिएर जनतामाझ जाने तयारी भइरहेको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने तयारीलाई केवल चुनावी तालमेलका रूपमा नहेर्न आग्रह गरे।

उनका अनुसार मोर्चामा आबद्ध दलहरूबीच तत्कालका लागि निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने र त्यसपछि राजनीतिक, वैचारिक तथा संगठनात्मक आधारमा स्थायी एकताको दिशामा अघि बढ्ने लक्ष्य रहेको छ।

अन्सारीले विभिन्न राजनीतिक दल र धारमा विभाजित प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायको राजनीतिक शक्तिलाई एउटै राजनीतिक केन्द्रमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान राजनीतिक परिस्थितिमा साना–साना दलमा विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गर्दा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुने भएकाले साझा राजनीतिक शक्ति निर्माण अपरिहार्य भएको उनको भनाइ थियो।

उनले भने, “अहिले हामी नौ राजनीतिक दल एउटै मोर्चामा छौँ। आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जनतामाझ जाने तयारीमा छौँ। यो केवल निर्वाचनसम्मको सहकार्य होइन, भविष्यमा स्थायी राजनीतिक एकताको आधार निर्माण गर्ने अभियान पनि हो।”

अन्सारीले अग्रगामी मोर्चालाई निर्वाचन केन्द्रित गठबन्धनभन्दा व्यापक राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले देशमा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक असमानताको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समानता, सामाजिक न्याय, समावेशिता र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने दिशामा मोर्चाले स्पष्ट राजनीतिक विकल्प निर्माण गर्नुपर्ने बताए।

उनले मधेसका साथै देशका विभिन्न भूगोल, वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गका उत्पीडित तथा अधिकारबाट वञ्चित नागरिकलाई राजनीतिक मूलधारमा जोडेर राष्ट्रिय वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

जनकपुरधाममा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता थियो। विशेषगरी सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका नेता तथा कार्यकर्ताले मोर्चाको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे छलफल गरेका थिए।

अग्रगामी मोर्चामा हाल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध छन्।

मोर्चाका नेताहरूले आगामी निर्वाचनलाई राजनीतिक शक्तिको पुनर्संरचनाको अवसरका रूपमा लिँदै साझा राजनीतिक कार्यक्रम, संगठन विस्तार र कार्यकर्ता परिचालनलाई तीव्रता दिने संकेत गरेका छन्।

नौ दल एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने तयारीले आगामी निर्वाचनमा विद्यमान प्रमुख राजनीतिक शक्तिहरूका अतिरिक्त नयाँ वैकल्पिक राजनीतिक ध्रुव निर्माण हुने सम्भावनालाई समेत बलियो बनाएको छ। यदि साझा चुनाव चिह्न र संगठनात्मक एकताको प्रक्रिया व्यवहारमा रूपान्तरण भयो भने यसले मधेससहित राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरण निर्माण गर्न सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved