Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासीय बैठक बस्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 11, 2026
3.6K shares

काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेपछि पार्टीभित्रको पुनर्गठनसम्बन्धी विवाद थप पेचिलो बनेको छ। शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको कार्यदल बैठकमा थापाले ‘महासचिवका तर्फबाट’ र ‘मेरो तर्फबाट’ भन्दै दुईवटा दस्ताबेज प्रस्तुत गरेका थिए। बैठकमा सामान्य छलफल भए पनि प्रतिवेदनका विषयवस्तुमाथि विस्तृत बहस हुन सकेन।

कार्यदल सदस्य डा. राजन भट्टराईका अनुसार छुट्टाछुट्टै प्रतिवेदनका आधारमा अघि बढ्नु उपयुक्त नहुने निष्कर्षसहित दुवै दस्ताबेजका विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको छ। त्यसका लागि कार्यदल शनिबारदेखि आवासीय रूपमा बसेर छलफल गर्नेछ। दुवै प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको छ। महासचिव पोखरेलको प्रतिवेदन अनुसूचीसहित १२१ पृष्ठको छ भने उपाध्यक्ष थापाले ३९ पृष्ठको छुट्टै प्रतिवेदन तयार गरेका छन्।

एमालेले गत जेठ १० गते थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले जेठ ३० गतेदेखि सातै प्रदेशमा पुगेर पार्टीको अवस्था, निर्वाचन परिणाम र पुनर्गठनका विषयमा सुझाव संकलन गरेको थियो। प्राप्त सुझावका आधारमा असार २५ गतेको बैठकले थापा र पोखरेललाई प्रतिवेदनको मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको थियो। पोखरेलले तयार पारेको मस्यौदामा पार्टीभित्रको संकट समाधानका लागि आवश्यक परे विशेष महाधिवेशन बोलाउनुपर्ने र त्यसैमार्फत नेतृत्वको मर्यादित बहिर्गमन तथा नयाँ नेतृत्व चयन गर्नुपर्ने सुझाव समेटिएको छ।

तर, उक्त प्रस्तावमा संयोजक थापा र अध्यक्ष केपी शर्मा ओली असहमत देखिएका छन्। ओलीको निर्देशनपछि थापाले छुट्टै प्रतिवेदन तयार गरी शुक्रबारको बैठकमा पेस गरेका हुन्। थापाको प्रतिवेदनमा पोखरेलको मस्यौदामा प्रस्ताव गरिएको विशेष महाधिवेशनको विषयलाई स्पष्ट रूपमा अस्वीकार गरिएको छ। उनले २०८३ असोजभित्रै राष्ट्रिय महाधिवेशन वा प्रतिनिधि परिषद्को बैठक बोलाएर पुनर्गठनसम्बन्धी निर्णय गर्ने प्रस्तावले पार्टीलाई विवादको दुष्चक्रमा धकेल्ने दाबी गरेका छन्। महाधिवेशनबाट प्राप्त म्यान्डेटलाई एउटा निर्वाचनको परिणामका आधारमा खण्डित गर्न नमिल्ने उनको तर्क छ।

थापाले नेतृत्व पुस्तान्तरणको बहसप्रति पनि असहमति जनाउँदै दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी रहेको उल्लेख गरेका छन्। पार्टीको मुख्य नेतृत्वसँगै निर्वाचित पदाधिकारीहरूले पनि निर्वाचनको विजय–पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै उनले नेतृत्वलाई मात्र दोष दिएर पुनर्गठनको ‘च्याम्पियन’ बन्न खोज्नु उचित नहुने टिप्पणी गरेका छन्। उनले अध्यक्ष ओलीको बचाउ गर्दै पार्टी पुनर्गठनका विषय अनावश्यक रूपमा उछालिएको र त्यस्ता प्रयास पार्टीको संस्थागत कार्यप्रणालीविपरीत रहेको दाबी गरेका छन्।

यसैबीच, कार्यदल सदस्यहरूले भने दुवै प्रतिवेदनलाई समेटेर पार्टीको हितमा एउटै निष्कर्षसहितको प्रतिवेदन तयार गर्ने बताएका छन्। सदस्य खगराज अधिकारीले बाहिर आएजस्तो दुईवटा अन्तिम प्रतिवेदन नभएको, महासचिवको दस्ताबेज मूल मस्यौदा र थापाको दस्ताबेज रायका रूपमा रहेको दाबी गरेका छन्। कार्यदल सदस्य भट्टराईले पनि आवश्यक समय लिएर एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गरिने बताए। उनका अनुसार आवासीय बैठकको स्थान गोप्य राखिनेछ। १५ सदस्यीय कार्यदलमा भने आवश्यक परे विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा बहुमत सदस्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved