Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपीडितका लागि चितवनका ख्रीष्टियन चर्चद्वारा ४ लाख ७२ हजार सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2026
5.4K shares

चितवन । रसुवा, नुवाकोट तथा धादिङका बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि चितवनका ख्रीष्टियन चर्चहरू सेवामा जुटेका छन्। चितवन महानगरीय ख्रीष्टिय समाजमा आबद्ध विभिन्न चर्चहरूले बाढीपीडितको सहयोगका लागि भेटी सङ्कलन गरी आर्थिक सहयोग गरेका हुन्।

समाजमा आबद्ध चर्चहरूले सामूहिक रूपमा सङ्कलन गरेको ४ लाख ७२ हजार १६२ रुपैयाँ बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले चर्चहरूले आफ्ना मण्डलीमा भेटी सङ्कलन अभियान सञ्चालन गरेका थिए। सङ्कलित रकम सरकारी राहत संयन्त्रमार्फत प्रभावितसम्म पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

चितवन महानगरीय ख्रीष्टिय समाजमा आबद्ध चर्चहरूले बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताएका छन्। राहत तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाउन आफूहरू निरन्तर सक्रिय रहने उनीहरूको भनाइ छ।

चर्चहरूले सरकारको एकद्वार राहत प्रणालीलाई समेत मध्यनजर गर्दै सङ्कलित रकम सरकारी कोषमा जम्मा गरेका हुन्। यसबाट राहत वितरणमा दोहोरोपन नहुने र उपलब्ध स्रोतलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्र तथा परिवारसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

चितवनका ख्रीष्टियन चर्चहरूले आगामी दिनमा पनि विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएका छन्। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवारको दुःखमा साथ दिँदै मानवीय सेवाका कार्यमा थप सक्रिय हुने उनीहरूको प्रतिबद्धता छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved