काठमाडौ । सम्माननीय सभामुख डीपी अर्यालले रसुवा बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिनुभएको छ।
सभामुख अर्यालले विदुर नगरपालिका–५ स्थित प्रादेशिक आयुर्वेदिक अस्पताल तथा चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेका होल्डिङ सेन्टर पुगेर त्यहाँ आश्रय लिइरहेका बाढी प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिनुभयो। साथै, विदुर नगरपालिका–१ स्थित इलम प्रशिक्षण केन्द्रमा प्रभावित नागरिकसँग भेटघाट तथा छलफल गर्नुभयो।
यसै क्रममा उहाँले विदुर–५ स्थित देवीघाट, विदुर–१ स्थित इन्द्रेणीचौरलगायत प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा श्री नं. १ सैन्य तालिम केन्द्र तथा विदुर नगरपालिका कार्यालयका पदाधिकारीसँग उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको व्यवस्थापनका विषयमा जानकारी लिनुभयो।
