Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्रो नाम पछाडिको ‘थर ‘ कसरी रहन गयो ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2026
21 shares

श्रीराम रानाभाट- पोखरा -हाम्रो नाम पछाडिको जुन थर छ त्यो कसरी रहन गयो? हामीले अजमाउँदै आएको गोत्र केलाई भनिन्छ र एउटै गोत्रमा विवाह गर्न किन हुँदैन र विवाह भए के हुन्छ ?

हामीले आधुनिकताका नाउँमा, परिवर्तन हुने नाउँमा संस्कार बिर्सँदै गयौं । हाम्रा बाजेहरूले, हाम्रा बाबाआमालाई जे सिकाउनुभयो सायद हाम्रा आमाबुबाले बराबर पालना गर्नुभएन । हाम्रा बाबाआमाको जुन संस्कार छ त्योबाट हामी विमुख छौं । अनि हामीसँग जुन बचे कुचेको संस्कार छ ,आस्था छ हाम्रा सन्तानहरुसँग त्यो पनि बाँकी रहेको छैन । यसरी हामी पुस्तापछि पुस्ता संस्कार, परम्परा ,शास्त्रीय ज्ञानबाट स्खलित बन्दै गएका छौं ,नयाँ पुस्ताको परिचयपत्र बोकेर ।

पहिला कविला युगमा- कबिलायुग भनेको संयुक्त परिवार ! दाजुभाई दिदीबहिनी, छोराछोरी एकै ठाउँमा बस्ने व्यवस्थालाई कविलायुग भनिन्छ। अहिले त त्यस्तो एकल परिवारको विकास भएको छ कि छोराछोरी आफ्ना बाउआमासँग बस्न चाहँदैनन् , दाजुभाइ दिदीबहिनी सँगको त कुरै छोडौँ। कविला युगमा बुबाको पहिचान स्पष्ट नहुने व्यवस्था भएकाले आमाको वर्चस्सो चल्थ्यो। मातृसत्तात्मक युग थियो। बाउ को हुन्थ्यो स्पष्ट हुँदैनथ्यो।आमाबाट जन्माइएका सन्तान, दर सन्तान हुन्थे । अहिले हामीमा पितृसत्तात्मक समाज छ जुन कुरा ऐतिहासिक पुस्तक ‘भोल्गादेखि गङ्गासम्म ‘ मा समावेश गरिएको छ ।

हामीमा चार जात छन्: ब्राह्मण ,क्षेत्री ,वैश्य, शुद्र । तर गोत्र ८ र सहगोत्र अरु पनि भएको हुँदा सबै जातमा गोत्र मिल्न सक्छ किनभने एउटै पुर्खाका धेरै सन्तान फैलिँदै गए र विभिन्न जातजातिमा मिसिन गए । यो चारजात पनि पेशाका आधारमा छुट्याइएको थियो। पूजापाठ गर्नेहरु ब्राह्मण , राजनीति र सेनाको काम गर्ने क्षेत्रीय, व्यापार व्यवसाय गर्नेहरू वैश्य र कृषि, सिलाई बुनाई आदि इत्यादि गर्नेहरू शुद्र । तर जति जति मान्छेहरु विकसित बन्दै गए त्यति नै जातलाई उँचो र निचोका रुपमा व्याख्या र व्यवहार गर्दै गएको पाइन्छ।

पितृसतात्मक समाज भएको हुँदा गोत्रको परम्परा बुबाको वंशबाट चल्छ। सप्तऋषि (सातवटा ऋषि)लाई मात्र गोत्र प्रवर्धन गर्ने अधिकार थियो। पछि अगस्त्य ऋषि पनि थपिएर आठवटा ऋषि मुनिहरु का नाउमा आठवटा गोत्रहरु छन् । अङ्गिरा गोत्र, अत्रीगोत्र, भरद्वाज गोत्र, गौतम गोत्र, कश्यप गोत्र, वशिष्ठ गोत्र, विश्वामित्र गोत्र र अगस्त्य गोत्र । पछि यी मूल गोत्रबाट अनेक उपगोत्रहरु विकसित भए । जस्तै: कौडिल्य गोत्र ,पुलस्य गोत्र, मार्कण्डीय गोत्र ,साण्डिल्य धनञ्जय ,गर्ग ,उपमन्यु आदि आदि ।

मूल प्रश्न गोत्र भनेको के हो?

एउटा पुरुष जसको छोरा, नाती पनाती हुँदै हजारौं वर्ष चल्ने पद्धति जसमा आफ्नो वंश प्रवर्तक ऋषिमुनिहरूका नामबाट चलि आएको पुर्खेौली चिनाउने पहिलो माध्यम नै गोत्र हो। विवाह आदि गर्दा गोत्र मिलाउनुपर्छ अथवा एउटै गोत्र हुनु हुँदैन भन्छन् किन हुनुहुँदैन त भनेर सोध्दा दाजुभाइ पर्छन् भनेर मात्र भनिन्छ । अनि पछिल्लो पुस्ताको मान्छेलाई जवाफ: ‘दाजुभाइ पर्छन्’ मात्र भनेर दिईएको चित्त बुझ्दैन । हाम्रा बाउबाजेहरूले पनि राम्रोसँग बुझाउन तर्फ लाग्नुभएन। त्यसोभए अड्कलबाजीका भरमा भनिएको रहेछ भन्ने भ्रम पाल्न थाल्यौँ। अथवा कतिले त विवाह नहोस् भनेर गोत्र एउटै भयो भनेर बहाना बनाए भन्ने आरोप पनि लगाउँछन्।

एउटै गोत्रमा विवाह गर्न किन हुँदैन त भन्दा हाम्रो धर्म संस्कार परम्पराका आधारमा एउटै गोत्र भएका मानिसका रक्ताणु तथा जीवाणु एउटै हुने हुनाले वंश एउटै पर्यो अब विवाह गरी नै हालियो भने के हुन्छ त भनेर परीक्षण गर्दा सातौँ पुस्तामा पुगेर निसन्तान भएको कारण गोत्रमा या गोत्रीय विवाह गर्न नहुने रहेछ।

जस्तै मेरो गोत्र भारतद्वाज । मेरो वंश गोत्रको प्रवर्धन गर्ने ऋषि भारतवाज !! सप्तऋषि मध्यका एक ऋषि, अङ्गीकारका नाती एवं बृहस्पतिका छोरा । बुबा बृहस्पतिले आफूले रचना गरेको अमरकृति वारहस्पत्य संहिता पढाएका थिए । त्यही शास्त्रबाट प्रभावित भएर भारद्वावाजले पनि ऋग्वेदको दर्शन गरेर त्यसको संहिता तयार पारे। संहिता भनेको कुनै विषयसँग सम्बन्धित कानुन, नियम, निर्देशन । त्यही संहितालाई भारद्वाज संहिता भनिन्छ। उनले वेद पढेपछि ऋग्वेदसहित को संहिता तयार पार्न आरम्भ गरे। तर त्यो तयार पारि नसक्दै १०० वर्षको आयु सकियो । फेरि स्वर्गका राजाले अर्को तीनपटक १०० वर्ष आयु थपिदिँदा पनि ऋग्वेदको संहिता पुरा भएन र अन्त्यमा ४०० वर्षको आयुपछि इन्द्रले भने , ‘अब परलोकमा गएर पनि पुन: यसै मर्तेलोकमा भारद्वाजकै कुलमा जन्मनु र वेदको संहिता पूरा गर्नु ‘ भनेर आदेश भयो।

यसकारण भारद्वाज गोत्र हुनेले वेद राम्ररी पढेको हुनुपर्छ भनेर भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved