Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामरिटन्स पर्सको ७६७ विमान ४२ टन राहत सामग्रीसहित नेपालमा अवतरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2026
87

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय ख्रीष्टियान संस्था Samaritan’s Purse ले ठूलो परिमाणमा आपत्कालीन राहत सामग्री नेपाल ल्याएको छ। संस्थाको ७६७ कार्गो विमान सेप्टेम्बर २ मा काठमाडौं अवतरण गरेको हो। विमानमा बाढीपीडितका लागि पाल, कम्बल, सोलार लाइट, घरायसी पानी फिल्टर तथा सरसफाइ किटलगायत ४० टनभन्दा बढी राहत सामग्री रहेको संस्थाले जनाएको छ।

बाढीबाट घरबारविहीन तथा विस्थापित बनेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले सामरिटन्स पर्सले नेपालमा आफ्नो विपद् प्रतिकार्यलाई तीव्र बनाएको हो। संस्थाका विपद् उद्धार विशेषज्ञहरू नेपालमै रहेर स्थानीय चर्च तथा अन्य विश्वसनीय साझेदारहरूसँग समन्वय गरी राहत वितरण गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खानेपानी, अस्थायी आश्रय, सरसफाइ तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री पुर्‍याउने कामलाई प्राथमिकता दिइएको छ।

संस्थाका अनुसार विपद्को केही समयमै नेपालमा रहेको साझेदार सञ्जालमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गरी राहत अभियान अघि बढाइएको थियो। त्यसपछि ७६७ विमानमार्फत थप सामग्री पठाइएको हो। पानी फिल्टरले दूषित पानीलाई सुरक्षित बनाउन सहयोग गर्ने भएकाले बाढीपछि उत्पन्न हुनसक्ने पानीजन्य रोगको जोखिम न्यूनीकरणमा समेत यस्ता सामग्री महत्वपूर्ण हुने संस्थाले जनाएको छ।

सामरिटन्स पर्सको नेपालसँगको मानवीय सहकार्य भने नयाँ होइन। २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका क्रममा पनि संस्थाले स्थानीय ख्रीष्टियान साझेदार तथा चर्चहरूसँग सहकार्य गर्दै आपत्कालीन राहत तथा उद्धारसम्बन्धी काम गरेको थियो। हालको बाढीपछि पनि त्यही साझेदारीलाई निरन्तरता दिँदै प्रभावित समुदायसम्म राहत पुर्‍याउने अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ।

सन् १९७० मा बब पियर्सले स्थापना गरेको सामरिटन्स पर्स गैरसम्प्रदायिक ख्रीष्टियान मानवीय संस्था हो। यसको मुख्यालय अमेरिकाको नर्थ क्यारोलिनामा रहेको छ र हाल विलियम ‘फ्रान्कलिन’ ग्राहम तृतीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत छन्। युद्ध, प्राकृतिक विपद्, रोग, भोकमरी, गरिबी तथा अन्य संकटबाट प्रभावित मानिसलाई भौतिक तथा आध्यात्मिक सहायता पुर्‍याउनु संस्थाको मुख्य उद्देश्य रहेको छ।

विश्वका विभिन्न देशमा स्थानीय चर्च, सरकार तथा मानवीय साझेदारसँग सहकार्य गर्दै काम गर्ने सामरिटन्स पर्सले विपद्का बेला आफ्नै कार्गो विमान तथा दक्ष उद्धार टोली परिचालन गर्दै आएको छ। संस्थाले अन्तर्राष्ट्रिय चर्च, ख्रीष्टियान समुदाय तथा व्यक्तिगत दाताबाट प्राप्त सहयोगलाई परिचालन गरी संकटग्रस्त समुदायमा राहत पुर्‍याउने गरेको छ। नेपालमा आएको ७६७ विमानको राहत सामग्री पनि बाढीबाट सबैथोक गुमाएका परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न स्थानीय साझेदारमार्फत वितरण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved