Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीले चार जलविद्युत् आयोजनामा क्षति, बैंकहरूको साढे ६ अर्ब कर्जा जोखिममा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2026
174

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका चार जलविद्युत् आयोजनामा क्षति पुगेपछि वाणिज्य बैंकहरूको करिब साढे ६ अर्ब रुपैयाँ कर्जा लगानी जोखिममा परेको छ। नेपाल बैंकर्स संघको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट बैंकहरूको कर्जा लगानी रहेका मैलुङ खोला, लाङटाङ खोला, त्रिशूली र रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुगेको हो।

संघका अनुसार रसुवाको ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएको छ। उक्त आयोजनामा एनएमबी बैंकको नेतृत्वमा २५ करोड ८० लाख रुपैयाँ कन्सोर्टियम कर्जा लगानी रहेको छ। बाढीका कारण आयोजनाको विद्युत्गृहमा समेत ठूलो क्षति पुगेको विवरण सार्वजनिक भएको छ।

त्यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना पनि बाढीबाट क्षतिग्रस्त भएको छ। उक्त आयोजनामा विभिन्न बैंकहरूको २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी रहेको छ। यसको कन्सोर्टियम कर्जाको नेतृत्व लक्ष्मी सनराइज बैंकले गरेको संघले जनाएको छ।

बाढीको प्रभावबाट नुवाकोटको ३७ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना पनि अछुतो रहन सकेन। उक्त आयोजनामा नबिल बैंकको ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी रहेको छ। त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ, जहाँ नबिल बैंकको ४९ करोड ८० लाख रुपैयाँ लगानी रहेको संघले जनाएको छ।

बैंकर्स संघका अनुसार यी आयोजनामा एकभन्दा बढी बैंकको लगानी रहेकाले कुन बैंकको कति कर्जा जोखिममा परेको हो भन्ने विस्तृत तथ्यांक अझै यकिन भइसकेको छैन। रसुवा, नुवाकोट र धादिङमा बैंकहरूको लगानी रहेका आठ जलविद्युत् आयोजनामध्ये ठूला चार आयोजनामा बाढीले प्रत्यक्ष क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ। प्राकृतिक विपत्तिका कारण जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी जोखिम बढेपछि आगामी दिनमा यस क्षेत्रमा कर्जा प्रवाहबारे थप सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved