Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीबाट सडक पूर्वाधारमा ३० अर्बको प्रारम्भिक क्षति, पुनर्निर्माणमा ५० अर्ब लाग्ने अनुमान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2026
174

काठमाडौँ । हालैको विनाशकारी बाढी र पहिरोका कारण देशभरको सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको सडक विभागले जनाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाढीबाट विशेषगरी रसुवा र पृथ्वी राजमार्गमा भएको क्षतिको प्रकृति अत्यन्तै गम्भीर र अकल्पनीय रहेको जानकारी दिए। क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा करिब ५० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनले बताए।

महानिर्देशक जैसीका अनुसार रसुवागढी क्षेत्रमा आएको बाढी सामान्य बाढीको तुलनामा निकै शक्तिशाली थियो। बाढीको छाल करिब १०० मिटर उचाइसम्म पुगेको र बहावको गति ५२ मिटर प्रतिसेकेन्ड रहेको उनले बताए। उनका अनुसार सडक तथा पुल निर्माण गर्दा सामान्यतया १०० वर्षको ‘रिटर्न पिरियड’लाई आधार मानिने भए पनि यसपटकको बाढी त्यसको तुलनामा निकै ठूलो थियो। एउटा पुल बगाएर आएको भग्नावशेषले अर्को पुलका पिलरमा समेत क्षति पुर्‍याएको र लेदो, ढुङ्गा तथा अन्य सामग्रीसहितको यस्तो शक्तिशाली ‘डेब्री फ्लो’ अन्तर्राष्ट्रिय सडक निर्माणका प्रचलित मापदण्डमा समेत परिकल्पना नगरिएको जैसीले बताए। बाढीले गल्छी–बेत्रावती–रसुवागढी सडकको करिब ४० किलोमिटर खण्ड पूर्ण रूपमा ध्वस्त बनाएको विभागको भनाइ छ।

कृष्णभीरको सडक खुलाउन कम्तीमा दुई साता लाग्ने

पृथ्वी राजमार्गअन्तर्गत अवरुद्ध कृष्णभीर क्षेत्रमा सडक पुनः सञ्चालन गर्न ‘ब्याक कटिङ’ गरी भित्तातर्फबाट नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको विभागले जनाएको छ। उक्त काम सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउन कम्तीमा दुई साता लाग्ने महानिर्देशक जैसीले बताए। त्यस्तै, बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–केरुङ सडक पुरानै स्थानबाट पुनःनिर्माण गर्न कठिन भएकाले सडकलाई माथिल्लो भाग हुँदै पुनः तल झार्ने गरी ‘लुप’ डिजाइनमा निर्माण गर्ने योजना विभागले अघि सारेको छ।

भारत र चीनबाट बेलिब्रिज ल्याइँदै

बाढी तथा पहिरोका कारण तीन जिल्लामा ३५ वटा पुलमा क्षति पुगेपछि तत्कालीन आवागमन सहज बनाउन भारत र चीनबाट बेलिब्रिज ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। भारतबाट ७० मिटर लम्बाइका १० वटा बेलिब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको छ भने चीनबाट समेत बेलिब्रिज ल्याउने तयारी भइरहेको महानिर्देशक जैसीले जानकारी दिए। तत्कालका लागि विभागको मौज्दातमा रहेका बेलिब्रिज देवीघाट, त्रिशूली र बेत्रावती क्षेत्रमा जडान गर्न थालिएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल पुनःस्थापना तथा सडक सञ्चालनका लागि सडक बोर्डले ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। दसैँ नजिकिँदै गर्दा ग्यास बुलेट तथा इन्धनको आपूर्ति प्रभावित हुन नदिन विभागले वैकल्पिक मार्गमा रात्रिकालीन ‘ट्राफिक म्यानेजमेन्ट’ समेत गरिरहेको जनाएको छ। देशभरका प्रमुख राजमार्गमा जमेको लेदो हटाउन तथा पहिरो पन्छाउन १५ भन्दा बढी हेभी इक्विपमेन्ट र ५० जनाभन्दा बढी प्राविधिक फिल्डमा परिचालन गरिएको छ। कठिन परिस्थितिका बाबजुद सडक विभागका प्राविधिक तथा कर्मचारीहरू रातदिन खटिएर सडक सञ्चालन र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन काम गरिरहेको महानिर्देशक जैसीले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved