Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज एमाले केन्द्रीय कमीटी बैठक बस्ने, माधव नेपाल बैठकमा जालान कि देउवा निवास ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2021
[webverse_shares]

काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय कमीटी बैठकआज बस्ने भएको छ । हिजो महाधिवेशन आयोजक कमीटीको बैठक बोलाइएको थियो । महाधिवेशन आयोजक कमीटीको त्यस बैठक अन्तिम हुने नेताहरूले बताएका छन । सोही दिन महाधिवेशन आयोजक कमीटी भंग गरी केन्द्रिय कमीटीमा रूपान्तरण गरिएको थियो भने आजका लागि बैठक बोलाइएको छ । जुन बैठक माधवकुमार नेपाल समूहले माग गरे अनुसारको हुने नेताहरूले बताएका छन ।

बैठकमा सबै नेता नवौँ महाधिवेशनबाट निर्वाचित भएको पदीय हैसियतमा सहभागी हुनेछ । यस विषयमा निरन्तर छलफलमा रहेका दोस्रो तहका नेताहरूको सहमतिको आधारमा निर्णय लिएको पाइएको छ । बैठकमा एमालेका तत्कालनी कमीटीका सबै सलस्यले निमन्त्रणा पाउनेछन । तर बैठकमा को को सहभागी हुन्छन भन्ने अझै एकीन हुन सकेको छैन । यद्यपी उक्त वैठकमा माधव नेपाल समूह भनिएका भित्रका पूर्व माले र झलनाथ खनाल समूहका नेताहरू सहभागी हुने तयारी छ ।

बामदेव गौतमले पनि एमालेका पूर्व पदाधिकारीसहितको बैठक राखिए आफू सहभागी हुने सन्देश दिनुभएको बुझिएको छ । उक्त बैठकमा माधव नेपाल पनि वरिष्ठ नेताको हैसियतामा सहभागी हुन पाउनुहुन्छ तर उहाँ सहभागी हुनुहुन्छ कि हुन्न भन्ने अहिलेसम्म एकीन भैसकेको छैन ।

नेपाल समूहकै एक जना नेता एमालेका सचिव योगेश भट्टराइले सोमबारमात्र एक अन्तरवार्तामा महाधिवेशन आयोजक कमीटी भंग हुनेवित्तिकै एमालेको विभाजन टर्ने बताउनुभएको छ । माधव नेपाल भने आफूले कांग्रेस सभापति देउवालाइ धोका दिन नसक्ने भन्दै दिनहुँ पुष्पकमल दाहाल प्रचण्ड र उहाँसँग छलफल र अन्तरक्रियामा रहँदै आउनुभएको छ । धेरैले माधव नेपाल एमालेको साविकको कमीटीको बैठकमा सहभागी हुन जानुहुन्छ कि फेरि पनि देउवा निवास भन्ने प्रश्न गरिरहेका छन ।

यस्तै हीजै एमालेको स्थायी कमीटी बैठक पनि बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटरमा साँझ ५ बजे बस्ने गरी स्थायी कमीटी बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए । यसअघि बसेको स्थायी कमीटी बैठकले महाधिवेशन आयोजक कमीटीको बैठक बोलाएको थियो ।

महाधिवेशन आयोजक कमीटी विघटन गरेर केन्द्रीय कमीटीको बैठक बोलाउने एमालेको तयारी छ । एमालेले पार्टीको आन्तरिक एकताको अन्तिम प्रयास गरिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल लगायतहरू कांग्रेस र माओवादीका नेतासँग मिलेर एमालेकै विरूद्धमा लागेपछि आन्तरिक एकताका लागि एमालेले अन्तिम प्रयास गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved