Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपिडिलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल मकवानपुरले ३ लाख सहयाेग गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2026
388.6K shares

हेटाैंडा।  राजनीतिक, सामाजिक तथा प्राकृतिक विपद्को घडीमा मानवीय सहायता प्रदान गर्ने उद्देश्यले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुर शाखाले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको छ। हेटौंडामा आयोजित कार्यक्रममार्फत महासंघले प्रभावित परिवारको राहत तथा उद्धारका लागि रु. ३ लाख सहयोग गर्ने निर्णय सार्वजनिक गरेको हो।

महासंघका मकवानपुर शाखा अध्यक्ष नवराज घलानले विपद्को यस कठिन समयमा पीडित नागरिकलाई मल्हम पट्टी लगाउन र साथ दिन सानाे भएपनि आर्थिक सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका छन्। संकटको घडीमा सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वास शाखाले लिएको छ।

जिल्ला अध्यक्ष  घलानका अनुसार बाढीबाट अति प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा अन्य राहत सामग्री उपलब्ध गराउन उक्त रकम प्रयोग गरिनेछ। उनले प्राकृतिक विपद्का बेला जात, धर्म, लिङ्ग र समुदायभन्दा माथि उठेर मानवीय सेवामा जुट्नु सबैको साझा कर्तव्य भएको स्पष्ट पारे।

रसुवामा हालै आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाले सहयोग गरिरहेका बेला महासंघ मकवानपुर शाखाले पनि यो परोपकारी कदम चालेको हो।

विशेष गरी, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल केन्द्रीय कार्यालयले आफ्ना मातहतका सबै मण्डली तथा धार्मिक-सामाजिक संस्थाहरूलाई आर्थिक सहायता र राहत सामग्रीमार्फत राज्यलाई सहयोग पुर्‍याउन विशेष निर्देशन जारी गरेको थियो। सोही केन्द्रीय निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै मकवानपुर जिल्ला शाखाले यो सहयोग रकम उपलब्ध गराएको अध्यक्ष घलानले बताए।

महासंघले आगामी दिनमा पनि परिस्थिति र आवश्यकताअनुसार विपद् प्रभावित क्षेत्रमा नागरिकको जीवनरक्षाका लागि निरन्तर सहयोग, समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved