Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोटेकोशी बाढीपीडितका लागि नवलपरासी ख्रीष्टियन समाजको उदाहरणीय सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2026
487.6K shares

परासी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नवलपरासी ख्रीष्टियन समाजले ४ लाख ६८ हजार ९२० रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते रसुवा, नुवाकोट, त्रिशूली, धादिङलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि समाजले आर्थिक सहयोग संकलन गरेको हो। समाजले जिल्लाका विभिन्न चर्च तथा मण्डलीमा आबद्ध सदस्यहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरेको जनाएको छ।

संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक, परासी शाखामार्फत ४ लाख ६८ हजार ९२० रुपैयाँ दाखिला गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई समेत गराइएको बताइएको छ। विपद्को समयमा राज्यको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत रूपमा उक्त रकम उपलब्ध गराइएको समाजको भनाइ छ।

नवलपरासी ख्रीष्टियन समाजका अध्यक्ष पास्टर शुभास जबालीले बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरूको राहत र पुनःस्थापनामा आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको बताए। उनका अनुसार विपद्को समयमा धार्मिक तथा सामाजिक संस्थाहरूले मानवीय सेवाको भावनासहित राज्यसँग सहकार्य गर्नुपर्ने आवश्यकता छ।

समाजका सचिव पास्टर शद्रक तामाङले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्को पीडामा रहेका नागरिकलाई राहत उपलब्ध गराउने कार्यमा सबै पक्षले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।

भोटेकोशी बाढीपछि देशका विभिन्न क्षेत्रबाट राहत तथा आर्थिक सहयोग जुटिरहेका बेला नवलपरासी ख्रीष्टियन समाजको यो सहयोगले विपद्मा धार्मिक तथा सामाजिक संस्थाहरूको मानवीय भूमिका र सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved