Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोटेकोशी र त्रिशूली बाढीपछि करिब पाँच हजार मानिस सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2026
4.9K shares

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तेस्रो दिनसम्म पनि बाढीमा कति मानिस परे र कति बेपत्ता छन् भन्ने यकिन विवरण सार्वजनिक हुन सकेको छैन। यद्यपि, सरकारले गरेको प्रारम्भिक प्राविधिक मूल्यांकनले बाढीपछि करिब पाँच हजार मानिस सम्पर्कविहीन भएको देखाएको छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार बाढी आउनुअघि रसुवाको गोसाईंकुण्डदेखि नुवाकोटको देवीघाटसम्मको क्षेत्रमा सक्रिय रहेका करिब पाँच हजार मोबाइल नम्बर बाढीपछि निष्क्रिय देखिएका छन्। नेपाल टेलिकम र एनसेलबाट प्राप्त मोबाइल नेटवर्कसम्बन्धी विवरणका आधारमा प्रारम्भिक विश्लेषण गर्दा उक्त संख्यामा मानिस सम्पर्कविहीन भएको अनुमान गरिएको हो। यद्यपि, मोबाइल बन्द हुनु नै सम्बन्धित व्यक्ति बेपत्ता भएको पुष्टि भने नभएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ९२४ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सम्पर्कविहीन हुनेमध्ये ९३३ जना विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी रहेको जनाइएको छ। बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा सञ्चार तथा यातायात सेवा अवरुद्ध हुँदा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको यकिन विवरण संकलनमा कठिनाइ भइरहेको छ।

यसैगरी, बाढीपहिरोपछि करिब ५१७ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन शुक्रबारसम्म करिब दुई हजार निवेदन परेको जनाइएको छ। रसुवा र नुवाकोटका स्थानीय बासिन्दाका साथै गोसाईंकुण्ड भ्रमणमा पुगेका पर्यटकहरूको विवरणसमेत पूर्ण रूपमा संकलन हुन नसकेकाले सम्पर्कविहीनको वास्तविक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सरकारले नेपाल टेलिकम र एनसेलबाट प्राप्त नेटवर्क विवरण, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आफन्तबाट प्राप्त सूचनालाई एकीकृत गर्दै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको यकिन विवरण संकलन गर्ने प्रयास गरिरहेको छ। साथै, भोटेकोशी र त्रिशूली नदी आसपासका प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved