Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भोटेकोशी बाढीपछि उद्धारमा ४ हजार ८२८ सशस्त्र प्रहरी परिचालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 28, 2026
2.4K shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ। यससँगै विपद् प्रतिकार्यमा खटिने सशस्त्र प्रहरीको संख्या ४ हजार ८२८ पुगेको छ।

रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष बेस क्याम्प स्थापना गरी दक्ष खोज तथा उद्धारक, शव व्यवस्थापन, शिविर व्यवस्थापन, प्राथमिक उपचार तथा अन्य विज्ञसहितका टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। भत्किएका संरचनामा खोज तथा उद्धारका लागि ४४ जनाको सीएसएसआर टोलीसमेत खटाइएको छ।

खोजी कार्यलाई प्रभावकारी बनाउन ७ वटा तालिमप्राप्त कुकुरसहित २१ जनाको ‘के–९’ टोली, पाँचवटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड, डोरीबाट उद्धार गर्ने १३ जनाको टोली तथा विभिन्न स्थानमा गोताखोर परिचालन गरिएको छ। साथै, देशका विभिन्न क्षेत्रबाट थप ३५५ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदी तटीय क्षेत्रमा पर्ने ४८ वटा वडामा सूचीकृत १ हजार २०० विपद् सूचकमार्फत सूचना संकलन भइरहेको छ। प्रभावित नागरिकका लागि आश्रयस्थल व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रिय रहेको जनाएको छ।

बाढी आएको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। घाइतेको आकस्मिक उपचारका लागि काठमाडौंस्थित नेपाल एपीएफ अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००/१०० शय्याको विशेष तयारी गरिएको छ। प्रभावित क्षेत्रमा ऊर्जा आपूर्तिका लागि आठ जेनेरेटर, आवश्यक इन्धन, पाँच सोलार प्यानल र १५ ग्यास सिलिन्डरसहित अत्यावश्यक सामग्रीसमेत पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved