काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बैठक आह्वान गर्नुभएको हो। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तावित विषयहरू, सरकारी कामकारबाही तथा पछिल्लो अवस्थाबारे आवश्यक निर्णय हुन सक्ने जनाइएको छ।
मन्त्रिपरिषद्को बैठकले गर्ने निर्णयहरू भने बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
