Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रसुवा बाढीपीडितका लागि चाँगुनारायण नगरपालिकाको ५० लाख ३५ हजार सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2026
[webverse_shares]

भक्तपुर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले विपद्को यस कठिन घडीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ सहयोग गरिनेछ। त्यस्तै, नगरपालिकाका जनप्रतिनिधिहरूले एक महिनामा पाउने सेवा–सुविधाबाट ७ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेका छन्। राष्ट्रसेवक कर्मचारीहरूको तलबबाट २० लाख ३५ हजार रुपैयाँ तथा नगरपालिकाअन्तर्गतका शिक्षकहरूको योगदानबाट १३ लाख रुपैयाँ जम्मा गरिने भएको छ।

यसरी विभिन्न स्रोतबाट संकलित कुल ५० लाख ३५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ। विपद्का बेला राज्यको राहत तथा उद्धार अभियानमा स्थानीय तहको समेत प्रभावकारी भूमिका हुनुपर्ने भन्दै नगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

नगरपालिकाले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ। नगरपालिकाले विपद्को पीडामा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो क्षमताअनुसार सहयोग गर्न सम्पूर्ण नगरवासीलाई समेत अपिल गरेको छ।

चाँगुनारायण नगरपालिकाले विपद्को समयमा आर्थिक सहयोगसँगै मानवीय सहयोग र सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएको छ। नगरपालिकाले आफ्नो निर्णयलाई केवल आर्थिक सहयोगमा सीमित नराखी विपद्मा परेका नागरिकको जीवनरक्षा र राहत कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved