Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपीडितको उद्धारसँगै घाइतेको उपचारका लागि रक्तदानमा जुट्यो वाईसिएल नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2026
155.4K shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा घाइते तथा प्रभावित नागरिकको उद्धार र उपचारमा वाईसिएल नेपाल सक्रिय रूपमा परिचालित भएको छ।

बाढीका कारण घाइते भएकाहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन वाईसिएल नेपालले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। वाईसिएल नेपालको आयोजनामा २०८३ भदौ ११ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

विपद्को समयमा घाइते तथा बिरामीको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको वाईसिएल नेपालले जनाएको छ। कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैलाई अपिलसमेत गरिएको छ।

यसैबीच, भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित क्षेत्रमा वाईसिएल नेपालका स्वयंसेवकहरू बिहानैदेखि उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्। जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा युवा स्वयंसेवकहरू परिचालित भएका छन्।

वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले विपद्को समयमा उद्धार, राहत तथा उपचारमा कुनै पनि किसिमको कमजोरी हुन नदिन संगठनका सम्पूर्ण नेता–कार्यकर्ता तथा स्वयंसेवकहरूलाई निर्देशन दिएका छन्। उनले प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सेवाका लागि आवश्यक सबै सहयोग जुटाउन आग्रह गरेका छन्।

वाईसिएल नेपालका केन्द्रीय सचिव तथा प्रचार–प्रसार उपप्रमुख धिरज उपरकोटीले बाढीपीडितको उद्धार, राहत र घाइतेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले संगठन प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित भएको जानकारी दिए।

वाईसिएल नेपालले विपद्को यस कठिन घडीमा राज्यका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवी संस्था तथा आम नागरिकसँग हातेमालो गर्दै उद्धार, राहत र उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
“विपत्तिमा एकता, पीडितको सेवा हाम्रो प्रतिबद्धता” भन्ने भावनासहित वाईसिएल नेपालले बाढीपीडितको उद्धार तथा राहत अभियानलाई निरन्तरता दिने जनाएको छ।
साथ दिऔँ, सहयोग गरौँ, जीवन बचाऔँ।
आऔँ हातेमालो गरौँ—विपद्मा परेकाको सेवामा जुटौँ।
वाईसिएल नेपाल—युवा शक्ति, राष्ट्र शक्ति।
रक्तदान कार्यक्रम:
📅 मिति : २०८३ भदौ ११ गते
⏰ समय : बिहान ९ बजे
📍 स्थान : पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा
🩸 कार्यक्रम : आकस्मिक रक्तदान

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved