काठमाडौँ । रसुवा रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ। नेपाल प्रहरीका अनुसार प्रभावित क्षेत्रमा सञ्चालित तीव्र खोज तथा उद्धार कार्यका क्रममा हालसम्म ९७ जनाको शव संकलन गरिएको हो।
साथै, सुरक्षाकर्मी र स्थानीय उद्धार टोलीको अथक प्रयासपछि बाढीमा फसेका ५४ जनाको सकुशल जीवितै उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
उद्धार गरिएकाहरूलाई उपचार तथा सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने काम भइरहेको छ। अझै पनि केही मानिसहरू बेपत्ता रहेको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
