Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा सार्वजनिक बिदा कटौतीप्रति संघीय समाजवादी पार्टीको आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2026
221.6K shares

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले इस्लाम धर्मका महान् पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती (ईद मिलादुन्नबी) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदाय तथा देश–विदेशमा रहेका मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन्। उनले पैगम्बर मोहम्मद शान्ति, करुणा, समानता, सामाजिक न्याय र मानवताको महान् सन्देशवाहक रहेको उल्लेख गर्दै उहाँका शिक्षालाई आजको विश्वमा समेत उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

अन्सारीले हजरत मोहम्मदले जात, वर्ण, रंग, भाषा, वंश, धर्म तथा आर्थिक हैसियतका आधारमा हुने विभेदको विरोध गर्दै सबै मानिस समान रहेको सन्देश दिएको बताए। शोषण, दमन, अन्याय, अत्याचार, आर्थिक असमानता तथा सामाजिक विकृतिविरुद्ध उहाँले दिएको शिक्षा र कमजोर, गरिब, अनाथ, महिला तथा सीमान्तकृत समुदायको अधिकार संरक्षणको पक्षमा उहाँले देखाएको मार्गदर्शन मानवताका लागि प्रेरणादायी रहेको उनको भनाइ छ।

यसैबीच, अन्सारीले हजरत मोहम्मदको जन्मजयन्तीमा सार्वजनिक बिदा कटौती गरी मुस्लिम समुदायका लागि मात्र सामुदायिक बिदा दिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले नेपाल सरकारले सार्वजनिक बिदा दिनुपर्ने ऐतिहासिक तथा धार्मिक महत्वको दिवसलाई समुदायविशेषमा सीमित गर्नु विभेदपूर्ण र निन्दनीय भएको बताएका छन्।

मधेश प्रदेश सरकारले विगतमा दिँदै आएको सार्वजनिक बिदा हटाएर मुस्लिम समुदायका लागि मात्र सामुदायिक बिदा दिने निर्णय गर्नु अझ गम्भीर विषय भएको अन्सारीको भनाइ छ। हजरत मोहम्मदको योगदानलाई केवल मुस्लिम समुदायको धार्मिक विषयका रूपमा सीमित गर्नु उहाँले सम्पूर्ण मानवजातिलाई दिएको शान्ति, समानता, न्याय र मानवताको सार्वभौमिक सन्देशको अवमूल्यन हुने उनले बताएका छन्।

नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै धार्मिक तथा सांस्कृतिक समुदायप्रति राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै अन्सारीले केन्द्र र मधेश प्रदेश सरकारको निर्णय तत्काल सच्याउन माग गरेका छन्। उनले हजरत मोहम्मदको जन्मजयन्तीमा पुनः सार्वजनिक बिदा कायम गर्न तथा सबै धर्म र समुदायका धार्मिक–सांस्कृतिक पर्वप्रति समान, सम्मानजनक र विभेदरहित व्यवहार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारले निर्णय नसच्याए जनताको अधिकार, धार्मिक समानता र सामाजिक न्यायको विषयलाई लिएर लोकतान्त्रिक तथा शान्तिपूर्ण रूपमा सशक्त आवाज उठाउन बाध्य हुने अन्सारीले चेतावनी दिएका छन्। जन्मजयन्तीका अवसरमा उनले धार्मिक सहिष्णुता, आपसी सद्भाव, समानता, सामाजिक न्याय र भाइचारा कायम गर्दै घृणा, हिंसा, विभेद, शोषण तथा अन्यायविरुद्ध एकजुट हुन सबैमा आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved