Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रतिपक्षी सांसद अनुपस्थित, बागमती प्रदेशसभामा पहिलोपटक बैठक सञ्चालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 25, 2026
2.4K shares

हेटौँडा । बागमती प्रदेशसभाको इतिहासमा पहिलोपटक प्रतिपक्षी दलका सांसदहरूको अनुपस्थितिमै प्रदेशसभा बैठक सञ्चालन भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कुनै पनि सांसद उपस्थित भएनन्।

सत्तापक्षमा रहेका नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको उपस्थितिमा बैठक सञ्चालन गरिएको हो। प्रतिपक्षी दलहरूले मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै बैठक बहिष्कार गर्ने निर्णय गरेपछि प्रदेशसभा प्रतिपक्षी सांसदविहीन बनेको हो।

संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्री थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएपछि प्रदेशसभा सचिवालयले मंगलबारका लागि बैठक आह्वान गरेको थियो। तर, बैठक सुरु हुनुअघि नै प्रतिपक्षी दलहरूले सदनमा सहभागी नहुने निर्णय गरेका थिए।

प्रतिपक्षी दलहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया विवादित रहेको दाबी गर्दै त्यसको न्यायिक निरूपण नभएसम्म प्रदेशसभाको प्रक्रियामा सहभागी नहुने अडान राखेका छन्। विशेषगरी राप्रपाभित्रको विवाद अदालतसम्म पुगेकाले त्यसको टुङ्गो नलागेसम्म सरकारका कामकारबाहीमा सहभागी नहुने र प्रदेशसभा बैठकसमेत बहिष्कार गर्ने विपक्षी दलहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved