काठमाडौं । निर्धारित समयमा बस्न नसक्ने भएपछि प्रतिनिधिसभाको बैठकको मिति परिवर्तन गरिएको छ। मंगलबार अर्थात् २०८३ भदौ ९ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणले सोही मिति र समयमा बस्न नसक्ने भएको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको सूचनामा उल्लेख छ। यसअघि भदौ ९ गते मंगलबार बिहान ११ बजे बैठक बस्ने गरी निर्धारण गरिएको थियो।
नयाँ कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक २०८३ भदौ १० गते बुधबार बिहान ११ बजे बस्ने भएको छ। बैठकको मिति र समय परिवर्तन गरिएको जानकारी सभामुखको निर्देशनअनुसार महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामार्फत सांसदहरूलाई गराइएको हो।
यससँगै भदौ ९ गतेका लागि तय भएको बैठक एक दिन पछि सरेको छ। प्रतिनिधिसभाका बैठकसम्बन्धी सूचनाहरू संसद् सचिवालयले नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।
