Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चाँगुको १९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध संसदमा रुकेशको कडा आवाज, उच्चस्तरीय छानबिन र कारबाहीको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2026
1.7K

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वतीखेलस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा भूमाफियाले अतिक्रमण गरी गैरकानुनी रूपमा कित्ताकाट गरेको भन्दै प्रतिनिधि सभामा भक्तपुर क्षेत्र १ का सांसद रुकेश रंजितले सरकारको गम्भीर ध्यानाकर्षण गराइएका छन् ।

सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रंजितले साबिक दुवाकोट–८ ख, कित्ता नम्बर ४७ को उक्त पर्ति जग्गामा बिचौलिया र मालपोतका कर्मचारीको मिलेमत्तोमा नाङ्गो नाच चलेको भन्दै दोषीमाथि कडा कारबाही र अवैध कित्ताकाट तत्काल खारेज गर्न जोडदार माग गरेका हुन् ।

उनले सयौँ वर्षदेखि स्थानीय अवाल, बस्नेत र खड्का परिवारले कुलपूजा गर्दै आएको, बालबालिकाको खेल मैदान र धार्मिक आस्थाको केन्द्र बनेको थलो आज भूमाफियाको जुवाको खाल बनेको दावी पनि गरे । २०२१ सालको नापी नक्सामा स्पष्ट पर्ति जनिएको उक्त जग्गा २०४२ सालमा अवैध रूपमा निजी दर्ता गराइएको थियो । पछि स्थानीयको निरन्तर लडाइँ र विरोधपछि २०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयबाट पुनः पर्ति नै कायम गरिएको थियो । तर, हाल कानुनका छिद्र प्रयोग गरी सो जग्गालाई एकाएक ३२ टुक्रामा कित्ताकाट गरिएपछि परापूर्वकालदेखिको सार्वजनिक धरोहर बचाउन स्थानीय बासिन्दा आन्दोलित भएर सडकमा उत्रन बाध्य भएका छन् ।

अतिक्रमणको क्रममा त्यहाँ स्थापित ऐतिहासिक कालभैरव मन्दिरलाई समेत खुम्च्याएर २४४ नम्बर कित्तामा धकेलिएको र सार्वजनिक सम्पत्ति निजी बनाउँदासमेत राज्य मौन बसेको भन्दै सांसद रंजितले आपत्ति समेत जनाएका छन् । ऐतिहासिक यथार्थलाई कुल्चिएर माफियाले विजयको झण्डा गाड्दा नागरिकले राज्यको कानुनमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै आज कालभैरवको कित्ता फेरिए भोलि इतिहासको कित्ता सर्ने उनले चेतावनी समेत दिएका छन् ।

सांसद रंजितलेसरस्वतीखेलको कित्ता नम्बर ४७ हडप्न निर्माण गरिएका नक्कली कागजात, अवैध कित्ताकाट र प्रशासनिक चलखेलको तत्काल उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन, अख्तियारको निर्णय र ऐतिहासिक प्रमाणलाई बेवास्ता गरी गैरकानुनी रूपमा टुक्रा पारिएका सम्पूर्ण कित्ताहरू खारेज गरी पूर्ववत रूपमा पर्ति कायम गर्न, सार्वजनिक सम्पत्ति दोहन गर्ने भूमाफिया, बिचौलिया र उनीहरूलाई सघाउने मालपोतका कर्मचारीहरूलाई कानुनी दायरामा ल्याउन तथा मन्दिर र सार्वजनिक सम्पत्ति जोगाउन सडकमा उत्रिएका स्थानीयको जायज माग तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved