Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुदूरपश्चिमका जनताको घरदैलोमा मन्त्री रावल: भूमिहीनलाई लालपुर्जा र सहकारी पीडितलाई न्याय दिने प्रतिबद्धता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 24, 2026
8KShares

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम भ्रमणमा रहेकी छन्। मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा पुगिरहेकी छन्।

भ्रमणका क्रममा मन्त्री रावलले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग भूमिसम्बन्धी समस्या समाधानको अवस्थाबारे जानकारी लिँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कामलाई तीव्रता दिन आग्रह गरेकी छन्। मन्त्री रावलले कैलालीको धनगढी उपमहानगरपालिका,कैलारी गाँउपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका,वदगोरिया नगरपालिका, घोडाघोडी नगरपालिका,गौरीगंगा नगरपालिका लगायतका स्थायीय तहमा पुगेर नापजाँच तथा लालपुर्जा वितरणको काम तिव्र गतिमा अघि बढाउन जनप्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरिन्।

मन्त्री रावलले पालिका–पालिकामा पुगेर भूमिहीन सुकुम्बासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिरहेकी छन्। कन्चनपुरको दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरलगायतका पालिकामा पुगेर उनले भूमिहीन नागरिकका समस्या, उनीहरूले भोगिरहेका कानुनी तथा प्रक्रियागत जटिलता र लालपुर्जा प्राप्तिको अवस्थाबारे जानकारी लिएकी हुन्।

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन सुकुम्बासीलाई सरकारले लालपुर्जा दिने बाटो खुलिसकेको र आवश्यक कानुनी सुधारसमेत अघि बढाइएको बताउँदै नआत्तिन र अफवाहमा नलाग्न आग्रह गरेकी छन्। वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छुट्न नहुने भन्दै उनले स्थानीय तह र सम्बन्धित निकायलाई प्रभावकारी ढङ्गले काम गर्न निर्देशन समेत दिएकी छन्।

भूमिसँग जोडिएका समस्या मात्रै नभई मन्त्री रावलले सहकारी पीडितका गुनासा पनि प्रत्यक्ष रूपमा सुनिरहेकी छन्। सहकारीमा बचत गरेको रकम फिर्ता नपाएका पीडितको समस्या समाधान र बचत फिर्ताको प्रक्रियालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताइन्। कैलालीमा सहकारी पीडितको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जानकारीसमेत उनले दिएकी छन्।

त्यस्तै, मन्त्री रावलले कञ्चनपुरका आरक्षपीडितहरुसँग पनि प्रत्यक्ष भेटघाट गरेकी छन्। भेटघाटका क्रममा लामो समयदेखि समाधान हुन नसकेको आरक्षपीडितको समस्या पनि सरकारको प्राथमिकतामा रहेको मन्त्री रावलले बताइन्।

मन्त्री रावलले भूमिसम्बन्धी समस्या समाधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन्। एउटा तहको असहयोगका कारण पूरै पालिकामा लालपुर्जा वितरणको काम प्रभावित हुन सक्ने भन्दै उनले सबै तहका सरकारलाई नागरिकको समस्या समाधानका लागि साझा रूपमा अघि बढ्न आग्रह गरेकी छन्।

मन्त्री रावलको भ्रमणका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, समस्या सुन्ने, स्थलगत अवस्थाको जानकारी लिने र सम्बन्धित निकायलाई कामको गति बढाउन निर्देशन दिने क्रम चलिरहेको छ। मन्त्री रावल औपचारिक बैठकभन्दा नागरिककै बीचमा पुगेर प्रत्यक्ष संवाद गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved