Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भन्सार छलीगरी नेपाल भित्र्याको गाडी, नक्कली सवारीदर्ता किताब सहित ३ जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 29, 2021
219 shares

नेपालमा चोरी, डकैती ,लुटपाट लगाएतको घटना दिनहु नभएको हैन र तेस्ता ब्यक्ती पक्राउगर्न नेपाल प्रहरी सफल हुदै आएको थुप्रै उदाहरणहरु ताजाछ। एस्तै भन्सार छली नेपाल भित्याएको कारलाई नक्कली कागजात बनाउन सफल एक टोलीलाइ पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ ।

Open Photo

मिति २०७८।०३।१४ गते दिउँसो १५:०० बजेको समयमा भंसार छली चारपाङग्रे सवारी साधन काठमाण्डौ भित्र्याई बिक्री बितरण भइरहेको गोप्य सुचनाका आधारमा ग ३ च १४६२ र नम्बर प्लेट भएको Silver Color को हुण्डाई कम्पनीको क्रेटा कार का.जि.का.म.न.पा वडा नं. ७ गोपीकृष्ण हल नजिक फेलापारी उक्त कारमा सवार कमल बाबु पुरी भनिने कमल बाबु भट्टलाई पक्राउ गरीएको छ ।

थप सोधपुछ गर्दा निजले अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र बिशाल खड्काको ग्रुपले बिक्रि गर्न राखेको भन्ने खुलाई दिएकोले कमल बाबु पुरीबाट उक्त गाडी खरिद गर्ने बाहाना बनाई सम्पर्क गर्न लगाउदा गाडी किनबेचको कुरा मिलाई भक्तपुर जिल्ला सुर्यविनायक न.पा वडा नं. ६ गणेश मन्दिर छेउबाट प्रदेश ३-०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार र उक्त कारमा सवार अरुण खड्का, मधु सिलवाल समेतलाई पक्राउ गरिएको छ ।

दुबै सवारी दर्ता किताब निज अभियुक्त कमल बाबु पुरीको नाममा रहेको देखिएकोले सो सम्बन्धमा निजसंग सोधपुछ गर्दा रेवती रमण निरौलाले यस्ता ब्लुबुक बनाईदिने गरेको र निजसँग भएका ब्लुबुकहरु समेत निजले आजै बनाई दिएकोबाताए । निजको सहयोगमा रेवती रमण निरौलालाई पशुपती मन्दिर परिसरबाट अं. २०: ३० बजेको समयमा प्रहरी टोलीले पक्राउ गरी निज बस्ने शान्तिनगर स्थित डेरा कोठा समेत खानतालासी गर्दा कोठाको स्टिलको दराजबाट बिभिन्न सरकारी कार्यालयका छाप, बिश्वबिद्यालयका छाप, यातायात ब्यबस्था कार्यालयका छाप लगायत फेला परेको प्रहरीले जनाएको छ ।

जम्मा १९१ वटा स्टाम्प (छाप) लगायत बिभिन्न शैक्षिक संस्थाका प्रमाण पत्रहरु, सवारी चालक अनुमती पत्र लगायतका कागजातहरु प्रहरी टोलीले बरामद गरी ल्याएको। साथै बरामद भई आएका सवारी साधनको प्रचलित बजार मुल्य प्रति कार ७० लाख का दरले करिब १ करोड ४० लाख रुपैँया रहेकोमा निजहरुले प्रति कार ४५ लाखका दरले ९० लाखमा बिक्री गर्न लागि रहेको समेत खुल्न आएको छ। बरामद भएका शैक्षिक प्रमाण पत्रहरु, सरकारी छापहरु छपाई तथा निर्माण गर्ने संस्था एवं व्यक्ति बारे आवश्यक अनुसन्धान भईरहेको ।

साथै उक्त नक्कली कागजातहरु बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुनसक्नेतर्फ समेत थप अनुसन्धान भईरहेको । पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौमा पठाईएको र निजहरुले भन्सार छली सवारी साधन चोरी पैठारी गरि ल्याउने गरेको पाईएको हुँदा निजहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा समेत अनुसन्धान भैरहेको ।

पक्राउ परेका व्यक्ति:-

१ नाम :- मधु शिलवाल उमेर :- ४१ बर्ष स्थायी वतन :- जिल्ला भक्तपुर चागुँनारायण न.पा वडा नं. २

२ नाम :- अरुण खड्का उमेर :- २४ वर्ष स्थायी वतन :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा वडा नं. ८

३ नाम :- कमल बाबु पुरी भन्ने कमल बाबु भट्ट उमेर :- ३३ वर्ष स्थायी वतन :- जिल्ला लमजुङ सुन्दरबजार न.पा वडा नं. ३

४ नाम :- रेवती रमण निरौला उमेर :- ४१ वर्ष स्थायी वतन :- जिल्ला मोरङ कानेपोखरी गा.पा वडा नं. ७

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved