Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर विकास सहयोग सङ्घको ३५औँ स्थापना दिवस तथा ३२औँ साधारण सभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 23, 2026
174

काठमाडौं । भक्तपुर विकास सहयोग सङ्घको ३५औँ स्थापना दिवस तथा ३२औँ साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा मृत्यु संस्कारको शुद्धीकरणका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका भानुभक्त शिवाचार्यसहित विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा शिवाचार्यलाई ‘खोपृङ विशेष सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्वतमान निमित्त कार्यकारी निर्देशक डा. रविन्द्रभक्त तिमला, पुरातत्व विभागका महानिर्देशक सौभाग्य मल्ल, नवदुर्गा जात्रा व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार नारायणमान बनमाला तथा युवा वास्तुकला, पर्यटन एवं डिजिटल नक्साङ्कनका क्षेत्रमा सक्रिय यश मुनकर्मीलाई पनि सम्मान गरिएको हो। सम्मान प्रमुख अतिथि वरिष्ठ सीमाविद् तथा नेपालको चुच्चे नक्साका प्रवर्तक बुद्धिनारायण श्रेष्ठले प्रदान गर्नुभएको थियो।

स्थापना दिवस तथा साधारण सभाको अवसरमा सङ्घको प्रकाशन ‘खोपुङ बौद्धिक सम्पत्ति’को २८औँ अङ्कसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा प्रा. डा. सर्वज्ञभक्त मल्लले भक्तपुरमा रहेको आफ्नो तीन आना क्षेत्रफलको जग्गाको लालपुर्जा सङ्घको भवन निर्माणका लागि दानस्वरूप हस्तान्तरण गर्नुभएको थियो।

सङ्घका सल्लाहकार प्रा. कोमलबदन मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा सङ्घका अध्यक्ष राजुमृगेन्द्र जोशी, साधारणसभा संयोजक किरणराज सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो।

यसै अवसरमा समाजसेवी मञ्जित मल्लका बाल सिक्का सङ्कलक सुपुत्र–सुपुत्रीको तर्फबाट ‘खोपृङ मुठीदान’ अन्तर्गत आंशिक शैक्षिक सामग्री सहयोगसमेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved