Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गरिमा चौधरी हत्या प्रकरण : गृहमन्त्रीसँग पीडित परिवारको छलफल हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 22, 2026
232

सिमरा (बारा) । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर मृतकका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ। वार्ताका लागि गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार सिमराबाट काठमाडौं ल्याइएको हो। गृहमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा गृह मन्त्रालयमा पीडित परिवार, स्थानीय अभियन्ता र मन्त्री गुरुङसहितको उपस्थितिमा छलफल हुने तयारी छ।

गरिमा गत साउन ३१ गते बिहान घरबाटै बेपत्ता भएकी थिइन्। परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराए पनि तीन दिनपछि मात्रै घरबाट केही सय मिटरको दूरीमा रहेको लामो समयदेखि खाली रहेको घरमा उनको शव फेला परेको थियो। प्रारम्भिक प्रहरी अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान घरमा लगिएको र बलात्कारपछि हत्या गरिएको खुलेको जनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा १६ वर्षीय किशोर र २४ वर्षीय म्याजिक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

घटनापछि दोषीलाई कडा कारबाही गर्नुपर्ने तथा बालिका हराएपछि खोजीमा प्रहरीले गरेको भनिएको ढिलाइको छानबिन हुनुपर्ने माग गर्दै सिमरामा स्थानीय र पीडित परिवारले निरन्तर प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्नुका साथै वीरगञ्ज–पथलैया सडकखण्डसमेत अवरुद्ध गरिएको थियो। पीडित परिवारले स्थानीय प्रशासनसँग भएका छलफलबाट मात्रै आफूहरूको माग सम्बोधन नहुने भन्दै गृहमन्त्रीस्तरीय वार्ताको माग गर्दै आएका थिए।

घटनालाई लिएर प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको छ। पीडित पक्षले बालिका हराएको जानकारी पाएपछि तत्काल प्रभावकारी खोजी नगरिएको आरोप लगाउँदै जिम्मेवार प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेको छ। यसैबीच, घटनाको अनुसन्धानमा प्रहरी मुख्यालयले सिमराका प्रहरी अधिकारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाएको विवरण सार्वजनिक भएको छ। प्रहरीले भने बालिका हराएको सूचना प्राप्त भएपछि विभिन्न स्थानमा खोजी गरिएको र घटनामा संलग्न अन्य व्यक्तिको सम्भावित भूमिकासमेत अनुसन्धान भइरहेको जनाएको छ।

शनिबार काठमाडौं जानुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नी छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका छन्। अब गृह मन्त्रालयमा हुने छलफलमा पीडित परिवारले दोषीमाथि कडा कानुनी कारबाही, घटनाको निष्पक्ष अनुसन्धान तथा बालिका हराएदेखि शव फेला नपरेसम्म प्रहरीबाट भएका कामकारबाहीको छानबिनलगायतका विषय उठाउने अपेक्षा गरिएको छ। गृहमन्त्री गुरुङले पनि घटनालाई गम्भीर अपराधका रूपमा लिँदै कानूनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved