झापा । मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। घटनापछि पीडित पक्षको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राईमाथि जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। घटनासम्बन्धी आवश्यक प्रमाण संकलन तथा बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको तथा कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अगाडि बढाइने जानकारी दिएको छ।
