भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित पात्लेजङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा प्रहरीले चार पुरुष र दुई महिलासहित छ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद २ लाख ३४ हजार ५ सय रुपैयाँ तथा जुवाका लागि प्रयोग गरिएको १७ वटा ओखर बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ परेकाहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा बिहीबार जिल्ला अदालत भक्तपुरमा पेश गरिएको थियो।
अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभएको हो।
