हिमांशु राय, मोरङ । मोरङको बेलबारी नगरपालिकाको समाहलमा शान्ति,सुरक्षा तथा सामाजिक सद्भाव प्रवर्धन सम्वन्धीको छलफल तथा सर्वपक्षिय बैठक सम्पन्न भएको छ। बेलबारी नगरपालिका का नगर प्रमुखको अध्यक्षतामा आयोजित छलफल तथा सर्वदलिय बैठकमा नगर उप प्रमुख नितु थापा कोईराला स्थानिय राजनीति दलका प्रमुखहरु,जनप्रतिनिधी,धार्मिक तथा विभिन्न जातिय संस्थाहरु,सामाजिक संघ संस्थाका प्रतिनिधीहरु,महिला समुह,सुरक्षाकर्मी,सामाजिक अभियान्ता बुद्धिजिवी लगातयको उपस्थिति रहेको थियो।
समाजमा विभिन्न जातजाति,धर्म,संस्कृति का मानिसहरु रहने भएको र आफ्नो धर्म संस्कार संस्कृति अनुसार समाजमा सबैले आपसी शान्ति र सद्भाव कायम राख्नु नितान्त आवाश्यक रहेको कुरामा जोड दिदै मानवता भन्दा ठूलो कुरा अरु केही नहुने वैज्ञानिक दृष्टिले पनि सम्पुर्ण मानवजातीको क्रोमोजम बराबरनै हुने कसैको बढि र कसैको कमी नहुने मानिस कोहि ठूलो र कोहि सानो नहुने भएकोले हामी सबै मिलेर राष्ट्र विकासका लागि अघि बढ्नुपर्ने महत्त्वपूर्ण विचार नगर प्रमुख दिल प्रसाद राईले मन्तब्यको क्रममा ब्याक्त गर्नु भयो।
छलफल तथा सर्वपक्षिय बैठकमा बेलबारी नगरपालिका उप प्रमुख नितु थापा कोईराला,नेपाली काङ्ग्रेस पार्टीका नगर सभापति छत्र लिम्बु,श्रम संस्कृति पार्टीका क्षेत्रिय अध्यक्ष शिव कुमार राई,श्रम संस्कृति पार्टीका नगर अध्यक्ष पर्वत राई,राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष पुष्पराज भण्डारी मनोज, नेपाली कम्युनिस्ट पार्टीका नेता भुपाल बस्नेत,खस आर्यक्षेत्री केन्द्रीय समिति उपाध्यक्ष समाजसेवी प्रताप थापा,आदिवासी जनजाति महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष समाजसेवी तिलक राई
नेकपा एमाले पार्टीका नेता तथा समाजसेवी साहित्यकार इरान राई समाजसेवी पर्शुराम सुवेदी,ईलाका प्रहरी कार्यालय बेलबारी का सुरक्षाकर्मी,विभिन्न जातिय तथा धार्मिक संघ संस्थाका प्रतिनिधी र अन्य सामाजिक सरोकारवाला पक्षहरु समेतको छलफल तथा बैठकमा उपस्थिति रहेको थियो।
छलफल बाट शान्ति,सुरक्षा तथा सद्भाव प्रवर्धन गर्नको लागि स्थानिय नगरपालिकाका प्रमुख र उप प्रमुखको माताहतमा पालिका स्तरिय शान्ति सुरक्षा तथा सामाजिक सद्भावलाई कायम गर्न सर्वपक्षिय एक समिति निर्माण गरिएको छ।
उक्त समितिमा पालिका भित्र रहेका राजनीति दलका प्रमुखहरु विभिन्न धार्मिक संस्थाका प्रमुखहरु,जातिय तथा सामाजिक संघ संस्थाका प्रमुखहरु सदस्य रहने गरि एक समिति निर्माण गर्ने र समितिको कार्यदिशा अनुसार अघि बढ्ने उपस्थित भेला छलफलको निर्णय भए अनुसार शान्ति सुरक्षा तथा सामाजिक सद्भाव समिति निर्माण गरिएको थियो।
छलफलको भेला बाट निर्मित उक्त सर्वपक्षिय शान्ति सुरक्षा तथा सद्भाव समितिले नै स्थानिय क्षेत्रको शान्ति सुरक्षा कायम गर्न निरन्तर पहल गर्ने छ। छलफलका क्रममा राजनीति दल तथा सामाजिक संघ संस्थाका प्रमुखहरुले हामी सबै नेपालीहरु एकतामा रहेर विधमान देशको संविधान र कानुनलाई अक्षरस पालना गर्दै सबै धर्म संस्कार र संस्कृतिको संरक्षण गरि एकापसमा सद्भाव र सामाजमा दिगो शान्ति वहालीको लागि सबैको दाईत्व र मुख्य भुमिका हुने बताएका छन्।
आफ्नो भाषा,धर्म संस्कृतिको जगेर्ना गर्न हामी आफै लागि पर्नुपर्ने नेपाल विभिन्न जातजाति भाषा धर्म संस्कृतिको साझा फुलबारी भएकोले एकले अर्कोलाई निषेध नभएर स्वीकार र आत्मसात गर्नुपर्ने सबै धार्मिक आस्थाहरुलाई उतिक्कै महत्त्व र सम्मान दिनुपर्ने बताएका छन्।
विभिन्न धार्मिक समुदायको आस्थालाई एकले अर्कोलाई सम्मान गर्दा समाजमा आपसी प्रेम,सद्भाव र दिगो रुपले शान्ति कायम हुने छलफल तथा बैठकको निष्कर्ष रहेको थियो। उपस्थित वक्ताहरुले मन्तब्य मार्फत आ आफ्ना सुझाव राखेर छलफल तथा बैठकलाई निष्कर्षमा पुर्याउन सहयोग गरेका थिए।
ईलाका प्रहरी कार्यालय बेलबारी मोरङको आयोजनामा आयोजित तथा बेलबारी नगरपालिकाको सहजिकरण र सहयोगमा सम्पन्न छलफल तथा बैठकलाई बेलबारी नगरपालिकाका नगर प्रशासन प्रमुख सुशील खड्काले संचालन गरेका थिए।
