Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याले सरकारमाथि गम्भीर प्रश्न उठाएको छ : अबुल हुसेन अन्सारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2026
102.9K shares

काठमाडौं । नेकपा (एमाले) नेता अबुल हुसेन अन्सारीले तीन वर्षीया अबोध बालिकाको बलात्कारपछि हत्या भएको घटनाले नेपाली समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्। उनले न्याय र अन्याय छुट्याउनसमेत नजान्ने उमेरकी बालिकामाथि भएको जघन्य अपराधले आफू स्तब्ध भएको भन्दै यस्ता घटनाले समाजको चेतनालाई नै हल्लाउनुपर्ने बताएका छन्।

अन्सारीले तीन वर्षीया बालिकासमेत सुरक्षित हुन नसक्ने अवस्था आएपछि नागरिकले आफू सुरक्षित छु भनेर कसरी महसुस गर्ने भन्ने प्रश्न गरेका छन्। उनले कानुनका ठेली, संसदका भाषण तथा महिला र बालबालिकाको अधिकार संरक्षणका ठूला प्रतिबद्धता भए पनि व्यवहारमा यस्ता अमानवीय घटना दोहोरिरहनुले राज्यको उपस्थिति र प्रभावकारितामाथि प्रश्न उठेको बताएका छन्।

उनले सरकारको मौनताप्रति पनि आक्रोश व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेन शाह, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै अन्सारीले पीडित परिवारको घरसम्म पुगेर राज्यको उपस्थिति र संवेदना देखाउन आग्रह गरेका छन्। जनताका छोरीमाथि यस्ता जघन्य अपराध हुँदा सरकारको क्रिया, प्रतिक्रिया र सान्त्वना प्रभावकारी रूपमा देखिनुपर्ने उनको भनाइ छ।

अन्सारीले यो घटना एउटा परिवारको मात्र पीडा नभई सम्पूर्ण सभ्य समाजको लज्जा र राज्यको चौतर्फी असफलताको पराकाष्ठा भएको बताएका छन्। उनले दोषीलाई कानुनबमोजिम कडा सजाय दिलाउन सरकारसँग माग गर्दै यस्ता अपराधमा राज्यले कुनै पनि प्रकारको कमजोरी वा उदासीनता देखाउन नहुने बताएका छन्।

‘अब मौन बस्ने छुट कसैलाई छैन’ भन्दै अन्सारीले सडकदेखि सदनसम्म, प्रशासनदेखि न्यायालयसम्म सबैको ध्यान तत्काल यस्ता घटनातर्फ केन्द्रित हुनुपर्ने बताएका छन्। उनले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘हे सरकार, तिम्रो मौनता कहिलेसम्म? हाम्रा छोरीहरूको सुरक्षाको ग्यारेन्टी कसले दिने?’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved