Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घुस रकमसहित वन अधिकृत पौडेल रंगेहात पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2026
713.8K shares

आकाश मगर, उदयपुर । सरकारी सेवामा रहेर सेवाग्राहीसँग घुस मागेको आरोपमा उदयपुरका एक वन अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। सेवाग्राहीसँग गैरकानुनी रूपमा रकम मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाउँदै कारबाही अघि बढाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत भुवन पौडेललाई १६ हजार २५० रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाएको छ। सेवाग्राहीसँग घुसबापत उक्त रकम लिएको अवस्थामा उनलाई बिहीबार कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।

प्राप्त विवरणअनुसार वन अधिकृत पौडेलले एक सेवाग्राहीसँग काम गरिदिने भन्दै घुस रकम मागेका थिए। घुस मागिएको विषयमा सेवाग्राहीले अख्तियारलाई जानकारी गराएपछि आयोगको इटहरीस्थित टोलीले आवश्यक प्रक्रिया पूरा गरी ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरेको थियो। सोही क्रममा पौडेललाई माग गरिएको रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा लगिएको छ। उनीमाथि घुस लिएको विषयमा आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

वन अधिकृत पौडेल गत मंसिरमा मात्रै उदयपुरमा पहिलो पदस्थापन भएर आएका थिए। सरकारी कार्यालयमा सेवाग्राहीलाई सहज र पारदर्शी रूपमा सेवा दिनुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी नै घुस रकमसहित पक्राउ परेपछि घटनाले सरकारी सेवा प्रवाहमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved