Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संघीय सांसदको आवास सुविधाबारे समाचारमा आएका भ्रमपूर्ण विवरणप्रति संसद् सचिवालयको ध्यानाकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2026
0

काठमाडौं । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूले प्राप्त गर्ने ‘आवास सुविधा’ सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार र टिप्पणीप्रति संघीय संसद् सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सांसदहरूको आवास सुविधासम्बन्धी कानुनी व्यवस्थाबारे स्पष्ट पारेको हो।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा (१) मा पदाधिकारी तथा सदस्यलाई आवासका निमित्त नेपाल सरकारको तर्फबाट सरकारी घरको बन्दोबस्त गरिने व्यवस्था रहेको सचिवालयले जनाएको छ। सरकारी घरको बन्दोबस्त नभएको अवस्थामा काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सदस्यलाई मासिक रूपमा अनुसूची–१ बमोजिमको रकम आवास सुविधाबापत उपलब्ध गराउने कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, ऐनको सोही दफाको उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि काठमाडौं उपत्यकामा घर हुने पदाधिकारी वा सदस्यलाई आवास मर्मत तथा सम्भारबापत उपदफा बमोजिमको रकमको आधा रकम दिने व्यवस्था रहेको सचिवालयले स्पष्ट पारेको छ। साथै, ऐनको अनुसूची–१ को क्रम संख्या ५ मा समेत आवास सुविधासम्बन्धी व्यवस्था रहेको र सोही कानुनी आधारमा संघीय संसद्का पदाधिकारी तथा सदस्यलाई सचिवालयबाट आवास सुविधा प्रदान गरिँदै आएको जनाएको छ।

सचिवालयले संघीय संसद्का पदाधिकारी तथा सदस्यले प्राप्त गर्ने सुविधा कानुनमा व्यवस्था भएबमोजिम मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ। त्यसैले सांसदहरूले कानुनविपरीत अतिरिक्त आवास सुविधा लिएको जस्तो गरी समाचार तथा टिप्पणी नगर्न र तथ्य यकिन गरेर मात्र समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा आवास सुविधासम्बन्धी विषयमा भ्रममा नपर्न र आमसञ्चारमाध्यमबाट समाचार सम्प्रेषण गर्नुपूर्व सचिवालयबाट तथ्य यकिन गर्नसमेत आग्रह गरिएको छ। विज्ञप्ति २०८३ साउन ९ गते जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved