Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, नयाँ सत्ता समीकरणमा मन्त्रालय बाँडफाँटको चुनौती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2026
[webverse_shares]

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातै प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने तीनबुँदे सहमति भएको थियो। उक्त सहमतिपछि कांग्रेसले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गत फागुनमा भएको निर्वाचनमा उम्मेदवार बन्न चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ८३ सदस्य कायम छन्। कायम सदस्य संख्याका आधारमा प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। हाल एमालेका २९ र नेकपाका सभामुखसहित १३ जना सांसद छन्।

सरकारलाई बहुमत जुटाउन एमाले अध्यक्ष ओली र नेकपा अध्यक्ष प्रचण्डले एक जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चा (नेपाल कम्युनिस्ट पार्टी मसाल)सँग समेत सहमति गरेका छन्। त्यस्तै, वर्तमान सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट एक–एक जना मन्त्री सहभागी रहेकाले उनीहरूको समर्थन कायम रहे सरकारलाई सुविधाजनक बहुमत पुग्ने देखिन्छ।

एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र वर्तमान मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने समझदारी भएको छ। विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ वटा मन्त्रालय कायम रहेकाले नयाँ सत्ता समीकरणमा मन्त्रालय बाँडफाँट चुनौतीपूर्ण देखिएको छ। नेकपाले पाउने मन्त्रालयका विषयमा अझै सहमति जुट्न बाँकी रहेको नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले बताएका छन्। हाल मुख्यमन्त्रीसहित एमालेका पाँच, जसपा नेपालका एक र लोसपाका एक जना मन्त्री सरकारमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved