Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नागपञ्चमीमा नागपोखरी, वासुकिनाथ र टौदहमा भक्तजनको घुइँचो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2026
9 shares

काठमाडौँ । नागपञ्चमीका अवसरमा काठमाडौँ उपत्यकाका प्रमुख नागस्थलहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ स्थित नागपोखरी तथा कीर्तिपुरको टौदहमा भक्तजनले पूजा, आराधना तथा दर्शन गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार वासुकिनाथ मन्दिर बिहान ३ बजेदेखि नै भक्तजनका लागि खुला गरिएको हो। मन्दिरमा विशेष पूजा तथा आराधना हुने भएकाले बिहानैदेखि दर्शनार्थीको लाम लागेको कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए। चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबारसमेत परेकाले पशुपति क्षेत्रमा भक्तजनको चाप थप बढेको छ। बागमती नदीको शिरोभाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई अर्पण गर्ने बोलबम यात्रीको समेत बाक्लो उपस्थिति रहेको छ।

त्यसैगरी, काठमाडौँ महानगरपालिका–१ स्थित नागपोखरीमा बिहानै नित्य पूजा सम्पन्न गरी भक्तजनका लागि पोखरी खुला गरिएको छ। वडा सदस्य रोशन श्रेष्ठका अनुसार नागपञ्चमीका अवसरमा नागपोखरीमा विशेष मेलासमेत आयोजना गरिएको छ। भक्तजनले नागको पूजा तथा आराधना गर्दै धार्मिक विधिअनुसार नागपञ्चमी मनाइरहेका छन्।

कर्कोटक नागराजा र नागरानीको निवासका रूपमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुरको टौदहमा पनि बिहानैदेखि स्थानीयवासी तथा अन्य भक्तजनको भीड लागेको छ। नित्यपूजापछि भक्तजनका लागि टौदह खुला गरिएको स्थानीय उपेन्द्र नेपालले बताए। टौदहमा परम्परादेखि जलयज्ञ विधिबाट नाग–नागिनीको पूजा हुँदै आए पनि विसं २०७० पछि उक्त विधि बन्द भएको थियो। विसं २०७२ मा एकपटक जलयज्ञ विधिबाट पूजा गरिए पनि पछिल्लो समय यो परम्परा लोप हुने जोखिम बढेको स्थानीयको भनाइ छ। टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved