भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले १४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले चाँगुनारायण नगरपालिका–९ स्थित ताथली पुलबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८३ साल साउन ३० गते राति करिब ९ः५० बजे बनेपाबाट च्याम्हासिङतर्फ आउँदै गरेको बा.प्र.०२–०६१ प ९५६९ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकलमा बोकी ल्याइएको १४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनाको नाम तथा थप विवरण प्रहरीले अनुसन्धानका क्रममा खुलाउने जनाएको छ।
प्रहरीले बरामद गाँजासहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत भक्तपुरबाट २०८३ साल साउन ३१ गते पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
