Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संक्रमणको ‘चेन ब्रेक’ भएकै छैन, जोखिम उत्तिकै “‘खुल्यो भन्दैमा खेलाँची नगरौं “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 29, 2021
93 shares

काठमाडौं : कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ। विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु अत्यावश्यक छ।’

भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डेका अनुसार, अहिले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएको छैन। संक्रमणको जोखिम कायमै छ। ‘चेन ब्रेक भएर आवागमन खुला गरिएको होइन’, डा. पाण्डेले भने, ‘संक्रमणको जोखिम हटेको छैन। बाहिर निस्कँदा सतर्कता अपनाउनै पर्छ।’

काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अब २५ सिट क्षमताभन्दा माथिका बस जोर–बिजोर प्रणालीका आधारमा चल्नेछन्। चालक, सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल लामो समय बन्द भएर घाटा व्यहोरिरहेका सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड पालना नगरी यात्रु कोच्ने संभावना रहेको बताउँछन्। डा. प्याकुरेल भन्छन्, ‘बसका सिटमा भौतिक दूरी कायम राख्नुपर्छ। प्रत्येक सिटमा सेनिटाइजर हुनुपर्छ। यसलाई कडाइका साथ अनुगमन गर्ने हो भने निषेधाज्ञा खुकुलो गर्नु ठिकै हो।’

प्रभावकारी अनुगमन गरी स्वास्थ्य मापदण्ड पालना गर्नेतर्फ ध्यान दिनु जरुरी छ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेसनरी पसल साँझ ६ बजेसम्म खुल्ने उल्लेख छ। यसअघि सरकारले असार १७ गतेदेखि आन्तरिक हवाई उडान पनि खोल्ने निर्णय गरिसकेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उपत्यकामा अहिले पनि ८ हजार ३ सय ९७ जना सक्रिय संक्रमित छन्। शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन संक्रमणको जोखिम यथावत नै रहेको बताउँछन्। उनले भने, ‘संक्रमणको पहिलो र दोस्रो लहरबीचको अवधि जस्तो पनि छैन। दुई हजारको हाराहारीमा त अहिले पनि नयाँ संक्रमित भेटिएकै छन्। चेन ब्रेक भइहालेको भनि यकिन गर्न सकिँदैन।’

पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ४० जनाको परीक्षण गरिएको थियो। तीमध्ये २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ।

आन्दोलन पनि सँगसँगै
विघटित प्रतिनिधि सभा पुनस्र्थापना र पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरूले सडक आन्दोलनसमेत गर्दै आएका छन्। यसले पनि संक्रमणको जोखिम झन् बढाएको विज्ञहरूको भनाइ छ।

सत्तारुढ एवं विपक्षी दलका गुटगत भेलाले पनि संक्रमणको जोखिम बढाएको हो। २५ जनाभन्दा बढी भेला हुन नपाउने प्रोटोकल स्वं दलहरू उल्लंघन गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सडक प्रदर्शन बढ्दै गए संक्रमणको तेस्रो लहरलाई निमन्त्रणा दिए सरह हुनेछ।’

संक्रमितहरूमध्ये कतिपय आइसोलेसनमा छन्। आइसोलेसनमा बस्दा वाक्क लाग्यो भन्दै सडकमा ओर्लने संभावना पनि उत्तिकै छ। ‘आइसोलेसनको अनुगमन (मनिटरिङ) भएकै छैन। मान्छेहरू जथाभावि हिँड्न थालिसकेका छन्। आइसोलेसनमा इमान्दारीपूर्वक नबस्ने व्यक्तिबाट हुन सक्ने संक्रमणको जोखिम छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, कोरोना संक्रमण तुलनात्मक रूपमा घटे पनि जोखिम हटेको छैन। उनले भने, ‘निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको जोखिम उत्तिकै छ। काम नपरी घर बाहिर निस्कनु हुँदैन। अत्यावश्यक काममा निक्लनै परे वा नियमित कार्यालय जान परेमा सावधानी अपनाउनु जरुरी छ।’ Annapurna post

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved