हिमांशु राय-मोरङ । मोरङको शुन्दरहरैचा नगरपालिका विराटचौक स्थित पानस पार्टी प्यालेसमा “अन्तिमदिनको पहरेदारको महासभा नेपाल” ब्यानरमा एकदिने आत्मिकी जागृति कार्यक्रम २०८३” सम्पन्न भएको छ।
आयोजक (intercessors for nepal) अर्थात “नेपालका लागि मध्यस्थ प्रार्थना समूह” को शुरुको प्रार्थना द्वारा शुरु गरिएको जागृति कार्यक्रमको प्रमुख अतिथीमा प्रेरित दिपेश गुरुङ (उपसना मिनिष्ट्री दुबई)विशिष्ट अतिथिहरुमा पाष्टर छत्रमान कार्की,पाष्टर लाजरस थापा र पाष्टर भद्र बहादुर मगर हुनुहुन्थ्यो।यसै गरि अतिथिहरुमा देशका ७ वटै प्रदेशहरु बाट प्रतिनिधित्व गर्ने विभिन्न संघ संस्था एवम् मण्डलीहरुका पाष्टर अगुवाहरु रहनु भएको थियो।
कार्यक्रमको मेन थिम “जाग ए पहरेदार…..!”
पवित्र धर्मशास्त्र बाईबल ईजिकिएलको पुस्तक ४७ अध्यायको ८ पद रहेको थियो। आयोजकको अनुसार कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य “परमेश्वरले अन्तिमका यि दिनहरुमा सारा जगतमा रहेका मण्डलीहरूमा आत्माको ठूलो जागृतिलाई ल्याउ लाग्नु भएको र सो जागृति चाँहि अब पूर्व बाट सुरू हुने हुदाँ समस्त विश्वब्यापी मण्डलीहरु आत्मिकी रुपले जागृत हुनुपर्ने साथै सम्पुर्ण मण्डलीहरुले पवित्रआत्माको शक्तिमा आत्मिकी जागृति जगाउनु पर्ने कार्यक्रमको उदेश्य रहेको बताईएको छ।
“ए जाग पहरेदार, थिम राखेर आफुहरुले तमाम मण्डलीहरुलाई परमेश्वरको मार्गमा अघि बढ्न झकझकाईरहेको र आत्मिकी रुपमा बलियो बनाई जिवित परमेश्वरको राज्य स्थापना गर्न सदैव मण्डलीहरुलाई उत्प्रेरित गराईरहेकोले एकअर्कालाई प्रभुमा उत्साह प्रदान गर्नु यो कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले बताएको छ।
कार्यक्रम आयोजकले नेपाली इसाई जगतका ऐतिहासिक तीन ब्याक्तित्वहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ।यसरी सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका वडा नम्वर-५,चर्च अफ गड भङ्साबारी मोरङ निवासी बर्ष ९३ का पाष्टर छत्रमान कार्की,अनन्त जीवन मण्डली देवीझोडा वडा नम्वर-९,निवासी बर्ष ७४ पाष्टर लाजरस थापा,हिमालयन पेन्टिकोष्टल चर्च,अधेरी वडा नम्वर-१,लेटाङ निवासी बर्ष ७६ का पाष्टर भद्र बहादुर मगर रहेका थिए।
२०३४ साल देखि हाल सम्म निरन्तर विभिन्न सतावटकष्ट,पीडा र चुनौतीपूर्ण अवस्थाहरुलाई ससक्त रुपले सामना गर्दै परमेश्वरको राज्य विस्तारमा कटिबद्ध समर्पित अग्रजहरु नेपाली इसाई जगतका योद्धा हुनुभएको र उहाँहरुले परमेश्वरको राज्यविस्तारको लागि गर्नुभएको ऐतिहासिक योगदानको मुल्यांकन र प्रशंसा आउने भावी पुस्ताहरुको लागि प्रेरणाको स्रोत भएको कारण उहाँहरु तिनै जनालाई सम्मान गरिएको आयोजकले बताएको छ। यसै गरि आगामीदिनहरुमा पनि नेपाली इसाई जगतमा ससक्त योगदान दिदै आईरहनु भएका हाम्रा धेरै अग्रजहरु जो ओझेलमा रहनु भएको छ उहाँहरुलाई कुना कन्दरा दुरदराज बाट खोजी खोजी सम्मान गरिने समेत आयोजकले बताएको छ।
कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले अब यो देशमा जागृतिको झरि बर्सन लागेकोले जिवित परमेश्वरको शक्तिमा शक्तिशाली भई पवित्रआत्माको अगुवाईमा खडा हुन वर्तमान मण्डलीहरुलाई परमेश्वरले सचेत गराईरहनु भएको बताएका थिए।
लगभग तीन सय देखि पाँच सय हाराहारीमा नेपालका विभिन्न स्थानहरुबाट इसाई धर्मावलम्बी भक्तजनहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई आयोजकका तर्फ बाट
(Intercessors for nepal) अर्थात “नेपालका लागि मध्यस्थ प्रार्थना समूह का सदस्य आमोस मगरले सञ्चालन गरेका थिए।
