Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2026
[webverse_shares]

काठमाडौं । सभामुख डीपी अर्यालले व्यवसायीक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न आग्रह गर्नुभएको छ। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नाट्टालाई राजनीतिक विवाद र व्यक्तिगत स्वार्थभन्दा माथि राखेर पर्यटन व्यवसायको विकास र व्यवसायीक हितमा केन्द्रित गर्नुपर्ने बताउनुभयो।

सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो। हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटनसँग सम्बन्धित सबै सेवामा सुरक्षा, व्यवहार, सेवा र सुविधाको स्तर सुधार गर्नुपर्ने उहाँको भनाइ थियो। पर्यटन क्षेत्रका समस्या समाधानका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिले उपलब्ध बसपार्क तथा संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो। पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमाथि पर्याप्त बहस आवश्यक रहेको भन्दै आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पर्यटन व्यवसायमा नयाँ पुस्तालाई आकर्षित गर्ने वातावरण बनाउनुपर्ने पनि उहाँको भनाइ थियो।

सभामुख अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो। “नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उहाँले भन्नुभयो। विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत लाभभन्दा राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। साथै, नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन पर्यटन व्यवसायीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

नेपाली र विदेशी पर्यटकबीच पर्यटन सेवामा विभेद गर्न नहुनेमा समेत सभामुख अर्यालले जोड दिनुभयो। हवाई टिकट, होटल तथा अन्य पर्यटन सेवामा समान व्यवहार हुनुपर्ने उहाँको भनाइ थियो। उहाँले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई थप व्यवस्थित, सुविधा सम्पन्न र दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने बताउँदै भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगबारे पनि गम्भीर बहस आवश्यक रहेको उल्लेख गर्नुभयो।

सभामुख अर्यालले पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अब सरकार असफल हुने छुट नरहेको बताउनुभयो। मुलुकलाई समृद्ध बनाउँदै सुशासन कायम गर्न र भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved