Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चारै नगरपालिका एकीकृत गरी ‘भक्तपुर महानगरपालिका’ बनाउनुपर्छ : नगर प्रमुख जीवन खत्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2026
11.9K shares

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले भक्तपुर जिल्लाका चारवटै नगरपालिका एकीकृत गरी ‘भक्तपुर महानगरपालिका’ बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई एउटै महानगरपालिकाका रूपमा विकास गर्न सके जिल्लाको समग्र विकासले थप गति लिने बताएका हुन्।

नगर प्रमुख खत्रीका अनुसार चारवटै स्थानीय तहको स्रोत, साधन र जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्न सके विकास निर्माणका कामलाई योजनाबद्ध र प्रभावकारी बनाउन सकिन्छ। हाल छुट्टाछुट्टै रूपमा भइरहेका पूर्वाधार निर्माण तथा विकासका योजनालाई साझा दृष्टिकोणबाट अघि बढाउँदा जिल्लाको दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

उनले भक्तपुर जिल्लाको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई पनि एकीकृत विकास योजनासँग जोड्नुपर्ने बताए। भक्तपुरका ऐतिहासिक तथा धार्मिक सम्पदालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै स्थानीय अर्थतन्त्रसमेत बलियो बन्ने उनले उल्लेख गरे।

त्यसैगरी, सडक, खानेपानी, ढल व्यवस्थापन, सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यक पूर्वाधारको विकासमा पनि महानगरको अवधारणाले सहजता ल्याउने नगर प्रमुख खत्रीको विश्वास छ। चारवटै नगरपालिकाबीच समन्वय गरी साझा योजना र नीति निर्माण गर्न सके सीमित स्रोतबाट पनि ठूलो परिणाम हासिल गर्न सकिने उनले बताए।

नगर प्रमुख खत्रीले ‘भक्तपुर महानगरपालिका’ बनाउने विषयलाई तत्कालको राजनीतिक बहसभन्दा पनि जिल्लाको दीर्घकालीन विकास र समृद्धिसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। चार नगरपालिका एकीकृत गर्ने विषयमा जनप्रतिनिधि, राजनीतिक दल, विज्ञ, नागरिक समाज तथा स्थानीय बासिन्दाबीच व्यापक छलफल र सहमति आवश्यक रहेको बताउँदै उनले सम्भाव्यता अध्ययनसहित प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved