Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2026
[webverse_shares]

काठमाडौं।  नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला आज (शुक्रबार) देखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ।

दिउँसो १ बजे आयोजना गरिने उद्घाटन सत्रमा पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

लामो समय स्वास्थ्य उपचारका क्रममा विदेश बसेर हिजो (साउन २८ गते) मात्रै स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इतर समूहका नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए। स्वास्थ्यलाभ गरी फर्किएलगत्तै देउवाले संस्थापनइतर पक्षले आयोजना गरेको यस भेलालाई सम्बोधन गर्न लागेका हुन्।

इतर समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पहिलो दिन उद्घाटन सत्र सम्पन्न भएपछि साउन ३० र ३१ गते बन्दसत्र सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने यस राष्ट्रिय भेलामा नयाँ नीति तथा कार्यक्रम तय गर्नका लागि करिब आधा दर्जन विषयगत प्रतिवेदनहरूमाथि घनीभूत छलफल हुने जनाइएको छ।

देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको यस भेलाले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नुका साथै संस्थापन पक्षसँगको शक्ति सन्तुलनमा महत्त्वपूर्ण रणनीति तय गर्ने आयोजक इतर पक्षको दाबी छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved