Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

व्यक्तिको गाेपनीयतासम्बन्धी अनुसन्धानका लागि पत्रकार किशोर श्रेष्ठ पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2026
1.2K

काठमाडौ । ललितपुरको कुसुन्तीस्थित आफ्नै निवासबाट पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाइएको छ। उनको पक्राउका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको थियाे।

प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उक्त आरोपमा अनुसन्धान अघि बढाउन उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुनुका साथै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत हुन्। लामो समयदेखि पत्रकारितामा सक्रिय श्रेष्ठले सम्पादन गर्दै आएको जनआस्थाले पछिल्ला दिनमा विभिन्न व्यक्तिका विषयमा समाचार तथा सामग्री प्रकाशित गर्दै आएको थियो। पछिल्लो समय प्रकाशित केही समाचारलाई लिएर विवादसमेत उत्पन्न भएको थियो।

यसै क्रममा उपसभामुख रुबि कुमारी ठाकुरको विषयमा समेत एक व्यक्तिको नाम जोडेर जनआस्थामा समाचार प्रकाशित भएपछि त्यसबारे चर्चा भएको थियो। यद्यपि, श्रेष्ठको पक्राउ उक्त समाचारकै कारण भएको हो वा अन्य कुनै विषयसँग सम्बन्धित छ भन्नेबारे प्रहरीले स्पष्ट पारेको छैन।

श्रेष्ठ पक्राउ परेको विषयमा अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअन्तर्गतको आरोप, पक्राउको आधार तथा घटनाको विस्तृत विवरण अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved