Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गोरखामा बाँदर भुलाउन फल खेती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 29, 2021
3K

शिव उप्रेती गोरखा : बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि गोरखाका किसानले नयाँ जुक्ति लगाएका छन्। खेतबारी र घरभित्रै थन्क्याएको फसल पनि सत्यानाश पार्न थालेपछि किसानले बाँदरका लागि जंगलमै फलफूल लगाएर फकाउने अभ्यास सुरु गरेका हुन्।

पालुङटार नगरपालिका–९ का किसानले स्थानीय जंगलको दुई हेक्टरभन्दा धेरै क्षेत्रफलमा बाँदरका लागि फलफूल लगाइदिएका छन्। ‘सधैं बिहान झिस्मिसेदेखि राति अबेरसम्म मकैबारी कुर्नुपर्ने। आँखा झिम्क्याउन पाएको छैन, बाँदरको हुल पसेर सत्यानाश पार्ने। एउटा बस्तीबाट धपायो, अर्कोमा पुगेर हैरान पार्ने’, स्थानीय दरांैदीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुपलाल कुमाल भन्छन्, ‘त्यसैले यसपालिदेखि हामीले बाँदरलाई जंगलमै आहारा मिलोस् भन्ने उद्देश्यले वनजन्य फलपूmल रोपेका छौं।’ सामुदायिक वनमा हर्रो बर्रो, अमला, अम्बा, लप्सी लगाएको उनले बताए।

वनमासासहित जंगल मिचाहा प्रजातिका बिरुवा फाँडेर उनले फलफूल रोपेका हुन्। ‘जंगलमै प्रसस्त फलफूल पाएपछि बाँदर मानव बस्ती र खेतबारीसम्म आउँदैन कि भन्ने हाम्रो अनुमान हो’, उनले भने। किसानको योजनामा डिभिजनल वन कार्यालयले सहयोग गरेको उनले बताए।

यस वर्ष वन कार्यालय गोरखाले जिल्लाका विभिन्न चारवटा सामुदायिक वनलाई नयाँ अभ्यासका लागि सहयोग गरेको छ। ‘पहिलो चरणमा यस वर्ष जिल्लाभरका चारवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा वनजन्य फलफूल लगाउन सामुदायिक वनलाई सहयोग गरेका छौं’, डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले भने, ‘वन अतिक्रमण भएर बाँदर बस्ती र खेतबारीमा पसेको हुनसक्छ। यदि वनमै पर्याप्त फलफूल पायो भने किसानले सास्ती पाउँदैनन् कि भन्ने सोचेर यस्तो कार्यक्रम बनाएका हौं।’ यसको प्रभावकारिता अध्ययन गरेर आगामी वर्ष पनि यसलाई विस्तार गरिने उनले बताए।

गोरखा नगरपालिका १० को टक्सारटारी सामुदायिक बनको एक हेक्टर, पालुङ्टार ९ को दरौंदीडाँडा सामुदायिक वनको दुई हेक्टर, धार्चे गाउँपालिका ५ गुम्दाको गुङगाङ सामुदायिक वनमा दुई हेक्टर, बारपाक सुलिकोट ४ को थामपाखा सामुदायिक वनको एक हेक्टर क्षेत्रमा फलफूल लगाइएको उनले बताए।

बाँदरले सबैभन्दा धेरै दुःख दिने गुनासो आएका ठाउँमा पहिलो चरणमा सहयोग गरिएको कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत महेश पौडेलले बताए। ‘यी ठाउँ बाँदरले सबैभन्दा धेरै दुःख दिने ठाउँ हो’, पौडेलले भने, ‘अहिले वनजन्य फलफूल लगाइएको ठाउँ बस्ती नजिकका सामुदायिक वन पनि हुन्।’ बाँदर सोझै बस्तीका खेतीबालीमा नपुगोस् भनेर ती ठाउँ छनौट गरिएको उनले बताए। सामुदायिक वनको मागका लागि कार्यक्रम सञ्चालन गरिएको हो।

एक हेक्टरमा करिब १ हजार ६ सय वटाका दरले बिरुवा रोपिएको छ। सामुदायिक वनलाई फलफूलको बिरुवा रोप्न वन डिभिजन कार्यालयले अनुदान दिएको सहायक वन अधिकृत महेश पौडेलले बताए। चिउरी, बेल, अम्बा, लप्सी जस्ता बनजन्य फलफूल बाँदरका लागि रोपिने उनले बताए। अन्नपुर्ण पाेष्टबाट साभार

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved