Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2026
58

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ । युवाको भूमिका, क्षमता र योगदानको महत्व उजागर गर्दै प्रत्येक वर्ष अगस्ट १२ मा यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा युवा केन्द्रित बहस र पैरवीलाई प्राथमिकता दिनुका साथै नीति निर्माण तथा कार्यान्वयनमा युवाको अर्थपूर्ण सहभागिता बढाउनु रहेको छ । यससँगै युवामैत्री शासन प्रवर्द्धन, साझेदारी तथा लगानी अभिवृद्धि र युवा केन्द्रित सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य विस्तारमा समेत दिवसले जोड दिँदै आएको छ ।

दिवसका अवसरमा आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीका साथै ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफल आयोजना गरिँदैछ । यसअघि बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौडसमेत आयोजना गरिएको छ ।

युवा दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । साथै, सातै प्रदेशका युवा उद्यमीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । दिवसले सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता, सहकार्य र पारस्परिकता प्रवर्द्धन गर्दै युवालाई विकासको मूलधारमा जोडिन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ, जुन कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो । युवालाई राष्ट्रको आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणका महत्वपूर्ण शक्तिका रूपमा लिइन्छ । त्यसैले युवा दिवसले युवा सहभागिता, उद्यमशीलता, रोजगारी, नवप्रवर्तन र नेतृत्व विकासका क्षेत्रमा राज्य तथा सरोकारवालालाई थप जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved